Jilla Ban Notis

नेपाल मगर संघ बर्दघाट नगर समिती र साना किसान कृषि सहकारी सस्थां लि.दाउन्ने देवी द्धारा आर्थिक सहयोग ।

0 28

 

फूलकुमारी
बर्दघाट, चैत ३०
नेपाल मगर संघ बर्दघाट नगर समितीले बर्दघाट नगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाल मगर संघ बर्दघाट नगर कार्यसमितिका वरिष्ट उपाध्यक्ष गीता थापा मगरको नेतृत्व नगरपालिका पुगेर नगर प्रमुख धिरज शर्मा बस्याललाई रकम हस्तान्तरण गरेको हो । विश्वमा फैलिएको कोरना भाइरस अर्थात कोभिड १९को संक्रमणबाट बच्नका लागी गरिएको लकडाउनका कारण बर्दघाट नगरक्षेत्र भित्रका कुनै पनि गरीब, अतिविपन्न तथा ज्यालामज्दुरी गरेर खाने घरपरिवारहरुका लागी राहत वितरणमा सहयोग पुगोस भन्ने उद्देश्यले रकम हस्तान्तरण गरेको नेपाल मगर संघ बर्दघाट नगर कार्यसमितिका उपाध्यक्ष नरबहादुर थापाले जानकारी गराएका छन् ।

त्यसैगरी साना किसान कृषि सहकारी सस्थां लि.दाउन्ने देवीले पनि बर्दघाट नगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी ३० हजार ५ सय रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष देवि प्रसाद अधिकारीले नगरप्रमुख धिरज शर्मा बस्याललाई सो चेक हस्तान्तरण गर्नु भएको होे । साना किसान कृषि सहकारी सस्थां लि.दाउन्ने देवीले सामाजिक उत्तरदायित्व बहन गर्नका लागी संस्थाको तर्फबाट २५ हजार र क‌र्मचारीबाट ५ हजार ५ सय गरी जम्मा ३० हजार ५ सय रूपैयाँ सहयोग गरिएको सस्थाका प्रबन्धक नवीन घिमिरेले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.