कृष्ण ढकाल
बर्दघाट,असार–१६
बर्दघाट नगरपालिका वडा नं. २ ,चिसापानीमा रहेको दिब्य ज्योती मा.बि.ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा ( एस.इ. इ.) पास गरेका बिद्यार्थी तथा अभिभावकहरुलाई एक कार्यक्रमका विच सम्मान गरेको छ ।
विद्यालयका साहायक प्रधानाध्यापक कल्पना ज्ञवालीको अध्यक्षता र जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरीको प्रमुख आतिथ्यतामा बिद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको हो ।
दिब्य ज्योती मा.बि. ले माध्यमिक शिक्षा परीक्षा ( एस.इ .इ.) को नतिजामा यसवर्ष प्राविधिक धारतर्फ जिल्ला प्रथम हुन सफल भएको छ । गंगा गिरीले ३।९४ अंक प्राप्तगरी प्राविधिक धारतर्फ जिल्ला प्रर्थमहुन सफल भएकी हुन ।
१ सय ६७ जना बिधार्थीहरुले माध्यमिक शिक्षा परीक्षा ( एस.इ. इ.)मा सामेल भएको मा ७७ जना पास भएका छन । प्रतिशतमा हेर्ने हो भने यस वर्ष ४६ प्रतिशत पास भएका छन । जसमध्ये प्रारविधिक धार कृषि तर्फबाट १३ जना पास भएका हुन । बाँकी पासनभएकाहरुलाई पनि मौका परिक्षाका लागि विद्यालयले सहयोगि कक्षा सञ्चालन गर्ने तयारी गरेको जानकारी गराएको छ ।
बिद्यार्थी तथा अभिभावकहरुलाई सम्मान कार्यक्रममा बोल्ने शिक्षक ,ब्यवस्थापन समितिका सदस्य र सल्लाहकारहरुले बिद्यार्थीहरुको सुनौलो ढोका खोलीएको बताउदै अब भविष्यका लागि ईच्छाएको बिषय पढ्न टाढा जानु नपर्ने बताएका थिए ।
कसैको दवावमा पढदा परिणाम आउदैन भन्दै बिद्यार्थीहरुलाई आफुले चाहेको विषय पढ्न पाउनेगरी दिब्य ज्योती मा.बि.ले समय सापेक्ष अहिलेवाट होटेल म्यानेजमेन्ट एण्ड हस्पिटालिटिको कक्षा थपगरेर सञ्चालन गर्ने पूरा तयारी गरीएको उनीहरु भनाई रहेको थियो ।
समाजमा दिब्यज्योतिलाई चिनाउने काम सुनौलो गेटवाट पारगरेका अर्थात एस.इ. इ.)पासभएका बिद्यार्थीहरु नै रहेकाले आफ्नो र विद्यालयको सफलता सगै असल भयर अघिबढ्न आग्रह गरेका थिए ।
बर्दघाट नगरमा साईन्स र कृषिमा छुट्टै पहिचान बनाएको दिब्य ज्योती मा.बि.ले यसबर्ष देखि एच.एम. अर्थात होटेल म्यानेजमेन्ट एण्ड हस्पिटालिटिको पढाइ शुरुगरेको हो ।
बिद्यार्थी तथा अभिभावकहरुलाई सम्मान कार्यक्रममा जनप्रतिनिधि,विद्यालय ब्यवस्थापन समितिका निर्वतमान तथा पूर्व अध्यक्षहरु ,सल्लाहकारहरु ,शिक्षक अभिभावक संघका पदाधिकारीहरु तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
शिक्षक सभ्यता पछाईको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण अधिकारीले गर्नु भएको थियो ।