कृष्ण ढकाल
बर्दघाट,असार–१३
खाद्य पदार्थको पोषण प्रवद्र्धन तथा उत्पादनको क्रममा प्रयोग भएको विषादीको असर न्यूनिकरण सम्वन्धि सचेतीकरण कार्यक्रम बर्दघाटमा सम्पन्न भएको छ ।
रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न ै नदिने निति अनुसार स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले शुक्रवार बर्दघाट नगरका किसानहरुलाई उक्त सचेतीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका खोप अधिकृत ओम प्रकास पन्थीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरका सबै क्षेत्रका किसानहरुलाई बोलाएर थोरै भएपनि विषादीको असरका वारेमा जानकारी प्रदान गरेकोमा स्वास्थ्य कार्यालयलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।
त्यसैगरी नगर उप–प्रमुख रुद्र प्रसाद उपाध्यायले बर्दघाट नगरका नगरवासीहरुलाई विषादीको असरका वारेमा सचेतना जागृत गर्न उपभोक्ता हित संरक्षण मञ्च,नेपाल ,बर्दघाट नगर समिति मार्फत पनि केहि कामहरु गरीएको जानकारी गराउनु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगज बहादुर शाहीले अहिले बजारमा अत्याधिक विषाधी युक्त खाद्य वस्तु विक्रिका लागि राखिने भएकाले त्यसवाट सचेत हुन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका वरिष्ठ मलेलिया ईन्सपेक्टर देविलाल पौडेलले विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका वारेमा खाद्य तथा पोषण सम्वन्धि जानकारी गराउनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा कृषि ज्ञानकेन्द्र नवलपरासीका वाली संरक्षण अधिकृत उमाशंकर पौडेलले बाली ब्यवस्थापनका वैकल्पिक उपायहरु तथा एकिकृत शत्रु जीव ब्यवस्थापनका वारेमा सहजीकरण गर्नु भएको थियो ।
जिल्ला तथा देशमा नै विषादीको प्रयोग दर बर्षेनी बढेदै जादा जनस्वास्थ्यमा असर पर्दै गएको देखाएकोले विषादीको प्रयोग नगर्न कार्यक्रममा किसानहरुलाई सुझाव दिइएको थियो ।
कार्यक्रममा सहभागी बर्दघाट नगरका किसानहरुलाई विषादीको प्रयोग घटाउन प्राङगरीक मलको प्रयोगमा बढावा दिनुपर्ने जानकारी गराइएको थियो ।