बर्दघाट,असार–१३
पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ मा खजुरा खोला किनारमा निर्माणकै चरणमा रहेको महत्वाकाङ्क्षी योजना अन्तर्गतको नमूना औद्योगिक ग्राम निर्माणको भुक्तानी नभएपछि यतिबेला निर्माण कम्पनी भुक्तानीका लागि यत्र तत्र भौँतारिनु परेको छ ।
२०८० माघ १३ गते तत्कालीन उद्योग मन्त्री एवम् यस क्षेत्रका सांसद बिनोद चौधरीले निकै तामझामका साथ संयुक्त रुपमा औद्योगिक ग्रामको शिलान्यास गरेका थिए ।भ्याट बाहेक २ करोड २१ लाख मा मोक्तान रिलायन्स जेभिले ठेक्का सम्झौता गरेरे काम सुरु गरेको थियो ।उद्योग ग्राम भित्र बाटो,नाली ,ढल निकास, तटबन्धन लगायतका काम भएका छन ।
आफूले सम्झौता अनुसार काम सम्पन्न गरेको निर्माण कम्पनीले बताएको छ ।”हामिले सम्झौता अनुसार काम सम्पन्न गर्यो तर आझ सम्म भुक्तानी पाएका छैनौ,आफैले काम गरेको को पैसा पाउन पनि यति मुस्किल ,मर्नु न बाच्नु भएका छौ” निर्माण कम्पनीका सञ्चालक सुरज ढुङ्गेलले भने ।
केही क्वान्टिटिज घटेकाले झन्डै १ करोड ८० लाख जति भुक्तानी पाउनु पर्नेमा हालसम्म ३० लाख मात्रै भुक्तानी भएको ढुङ्गेलले बताए ।२०८० असार मसान्तमा सम्झौता भै २०८१ चैत्रमा निर्माण कम्पनीले काम सपन्न गरेपछि भुक्तानीका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) ललितपुरमा जाँदा उक्त योजनामा पैसा नै नभएको थाहा पाएपछि आफुहरु छाँगा बाट खसे जस्तो भएको ढुङ्गेलले बताए ।”भए भरको सम्पती बैङ्कमा छ्न,श्रीमतीको गहना समेत राखेर लोन लिएर काम गरेँ ,आज यत्रो पैसा डुब्दा म घर न घाटको जस्तो भएको छु ढुङ्गेलको गुनासो छ ।
म उद्योग मन्त्रालय देखि अर्थ मन्त्रालय सम्म धाएको ठेकेदार नै यसरी मन्त्रालय धाउनु पर्ने त होइन तर यस्तो अवस्थाले हामिले लगानीको सुरक्षा कहाँ बाट पाउने ,एउटै आयोजनामा यत्रो पैसा डुब्दा म बिछिप्त भएको छु,न दिनको भोक न रातको निद्रा भएको छ”ढुङ्गेलले पीडा पोखे । यस विषयमा जानकारी लिँदा विशेष आर्थिक क्षेत्र प्राधिकरण ( सेज ) उपसचिव तुल्सिराम मरासिनीले निकासाका लागि बजेट रकमान्तरका निम्ति अर्थ मन्त्रालयमा फाइल सहित पत्र पठाईसकिएको बताए ।”भुक्तानीका लागि हामिले अर्थ मन्त्रालयमा फाइल पठाइसकेका छौ,यो असार मसान्त सम्म भुक्तानी हुन्छ होला”मरासिनीले भने । श्रोत सुनिश्चित नभै ठेक्का लाग्दा र थप बजेट बिनियोजन हुन नसक्दा ढुङ्गेल जस्ता हजारौ ठेकेदारहरु मर्कामा परेका छन ।
महत्वाकांक्षी योजना ल्याएर हतारमा केवल सस्तो लोकप्रियताका लागि शिलान्यास गर्ने र शिलान्यास गरेका योजना हरु बर्षौ सम्म अलपत्र पर्ने,सम्पन्न योजना को समेत भुक्तानी नहुने प्रवृत्तिले निराशा र आक्रोश पैदा हुने गरेको छ भने अर्कातिर अनेकौ अलपत्र योजना भजाएर राजनीति गर्ने नेतृत्व र जनताका प्रतिनिधि समेत आलोचित हुने गरेका छन ।सांसद चौधरीले शिलान्यास गरेको खजुरा पुल समेत अलपत्र छ ।