Bardaghat Na pa

स्पेलिङ्ग बि मा जिल्ला प्रथम हुने विद्यार्थीलाई विद्यालयद्धारा सम्मान

555

आरती राना
बर्दघाट,असार–११
नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ मा अवस्थित सुनवल युनाइटेड अंगे्रजी आवासीय मा.वि. ले स्पेलिङ्ग बि मा जिल्ला प्रथम हुने विद्यार्थीलाई सम्मान गरेको छ ।
जिसन नवलपरासीको आयोजनामा भएको जिल्ला स्तरीय स्पेलिङ्ग बि प्रतियोगितामा प्रथम हुन सफल विद्यार्थीहरुलाई एक कार्यव्रmमका बिच सम्मान गरेको हो ।
यहि आषाढ ६ गते नवलपरासी जिल्लाका २९ वटा विद्यालयहरु सहभागी रहेको प्रतियोगितामा सुनवल युनाइटेडका विद्यार्थी मान्भी न्यौपाने, सुप्रिम चापागाई र हिमान्सु अर्यालले प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।
उत्कृष्ठ विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक धनराज चापागाईले खादा÷माला लगाएर सम्मान गर्नुभएको थियो । सुनवल युनाइटेड स्कूलले गत बर्ष पनि प्याब्सन र जिसन संस्थाले आयोजना गरेका जिल्ला स्तरीय स्पेलिङ्ग बि मा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक धनराज चापागाईले बताउनु भएको छ ।
विद्यार्थीहरुको क्षमता, रुचि र उत्सुकतालाई मापन गर्दै उनीहरुलाई विभिन्न अतिरिक्त व्रिmयाकलापहरुमा प्रशिक्षण दिदै विद्यालयले हरेक क्षेत्रमा विद्यार्थीहरुलाई सहभागी गराउँदै अन्तराष्ट्रिय, राष्ट्रिय, प्रदेश जिल्ला, नगर स्तरका विभिन्न प्रतियोगिताहरुमा अग्र स्थानमा रहेर बिभिन्न प्रकारका पुरस्कारहरु हातपार्न सुनवल युनाइटेड अंगे्रजी आवासीय मा.वि. सफल भैरहेकोे चापागाईले बताउनु भयो।