सुनयना चौधरी
सुस्ता,असार–१३
स्थानीय तहको विकास निर्माणसम्बन्धी संचारकर्मी महिलाहरूका लागि समाचार लेखन कार्यशाला विहिवार देखि सुरु भएको छ।
संचारिका समूह पश्चिम नवलपरासीकी अध्यक्ष विष्णु खनालको अध्यक्षतामा भएको कार्यशाला उद्घाटन कार्यक्रममा बोल्दै सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीले सुस्ता क्षेत्रमा भइरहेको विकास निर्माणका योजनाहरू र स्थानीय सरकारको प्राथमिकतासंगै जनप्रतिनिधिहरूको भूमिकाबारेमा समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भएको थियो ।
कार्यशाला उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी उपाध्यक्ष चौधरीले विकास पत्रकारिताले मात्र जनताको आवाजका रुपमा प्रतिध्वनित गर्ने बताउदै निडर भएर पत्रकारीता गर्न महिला पत्रकारहरुलाई प्रेरीत गर्नु भएको थियो । उहाँले सुस्ता गाउँपालिकाले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरूमा सधै सहकार्य गर्न तयार रहेको समेत बताउनु भयो ।
संचारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोलले सहजीकरण गर्नु भएको उक्त कार्यशालामा संचारिका समूह पश्चिम नवलपरासी महिला संचारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यशालामा समाचार लेखनका सिद्धान्त, स्रोतको पुष्टि, तथ्य संकलन, सुचना विश्लेषण, समाचारको संरचना तथा विकास योजनाको अनुगमनमा आधारित पत्रकारिता सम्बन्धी प्रशिक्षण दिइँदैछ।
संचारिका समूह लुम्बिनीले महिलाको नेतृत्वमा सञ्चालित पत्रकारिताको विकास र स्थानीय तहको पारदर्शिता सुनिश्चित गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएको लुम्बिनी प्रदेश अध्यक्ष अनमोलको भनाइ रहेको छ। कार्यशालाले सहभागीहरूलाई व्यावसायिक दक्षता अभिवृद्धिमा टेवा पुग्ने उहाँको भनाइ छ।
असार १२ गते देखि संचारिका समूह पश्चिम नवलपरासीको आयोजना र सुस्ता गाउँपालिकाको सहकार्यमा भैरहेको कार्यशाला असरा १६ गतेसम्म सञ्चालन हुनेछ ।