Bardaghat notish

स्थानिय र संघिय सरकारको लक्ष्यपुरा हुनेरी काम गर्नुस ः उपाध्याय

535

कृष्ण ढकाल
बर्दघाट,असोज–११
सन् २०३० सम्म सबै नेपाली नागरिकलाई स्वच्छ पानी खुवाउने सरकारको लक्ष्य समयमा पूरा हुने गरी बर्दघाट नगरमा सबै खानेपानी संस्थाहरु तल्लीन भएर लाग्न बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रसाद उपाध्यायले अनुरोध गर्नु भएको छ ।
खानेपानी संस्थाका सञ्चालक,कर्मचारी एवं सुरक्षा योजना टोलीलाई खानेपानी सुरक्षा ,संस्था सञ्चालन र जिम्मेवारीका वारेमा जानकारी दिने बर्दघाट नगरपालिकाको वासशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख उपाध्यायले उक्त कुरा बताउनु भएको हो ।
नगरप्रमुखको १२ अभियान अन्र्तगत रहेर वडा नं. ९ लाई यो वर्ष जसरी भए पनि एक घर एक धारा भएको वडा घोषणा गर्नका लागि तयारी गर्न नगरप्रमुखले पटक पटक भनेको कुरा स्मरण गराउदै योजनावद्ध रुपमा अघि बढन आग्रह गर्नु भयो । उपाध्यायले असोज मसान्त भित्र बार्षिक साधारण सभा गर्ने र संस्थालाई पार्दशी र मितब्ययी बनाउ निर्देशन समेत दिनु भएको थियो ।
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलको अध्यक्षता र नगर उप–प्रमुख रुद्रप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य एवं बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले नगरमा रहेका कुनै पनि खानेपानी संस्थाका ब्यक्तिहरुको संस्थागत क्षमता अभिवृद्धिका लागि आफु र आफ्नो संस्थाबाट सबै निःशुल्क सेवा प्रदान गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।


त्यस्तै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीका जिल्ला कोषाध्यक्ष शोभाकान्त कोईराला (शिव)ले जमिन स्वच्छ नराखेसम्म पानी स्वच्छ नहुने भन्दै गाउँ घर सफा राख्न आग्रह गर्नु भएको थियो ।
खानेपानी सुरक्षा ,संस्था सञ्चालन र जिम्मेवारीका वारेमा जानकारी दिन आयोजना गरीएको कार्यक्रममा खानेपानी तथा सरसफाई कार्यालय ,नवलपरासीका प्रमुख बसन्त कुमार दुलाल, बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण) ,पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कर्ण बहादुर खत्री, आम्वास खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी उपाध्यक्ष रेणु थापा लगाएतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।

पञ्चनगर खानेपानी र आम्वास खानेपानी संस्थाका सञ्चालक,कर्मचारी एवं सुरक्षा योजना टोलीको सहभागिता रहेको कार्यक्रममा विषय विज्ञ बर्दघाट नगरपालिका वासशाखा प्रमुख कृष्णहरि पँैडेलले खानेपानी सुरक्षा योजना टोली गठन,नेतृत्वको भुमिका तथा जिम्मेवारीका वारेमा सहजीकरण गर्नु भएको थियो ।