Bardaghat notish

नित्यानन्द माध्यमिक विद्यालयमा नयाँ भवन निर्माण गरिदै

543

बर्दघाट, असोज-९

बर्दघाट नगरपालिका वडा नम्बर- १२ ,भटौलियामा रहेको नित्यानन्द माध्यमिक विद्यालयमा दाताहरुको सहयोगमा नयाँ भवन निर्माणका लागि आज एक कार्यक्रमका बीच सिलन्यास गरिएको छ।

ग्रामीण क्षेत्रका विद्यार्थीका लागि सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न सामाजिक संस्था, चौधरी फाउन्डेसन र विद्यालयको लागत सहभागितामा निर्माण गर्न लागिएको विद्यालय भवनको लायन ईन्टरनेशनल एल.सि.आई एम .एरिया लिडर अरुण प्रसाद रानाले शिलान्यास गर्नुभएको थियो। शिलन्यास पश्चात आयोजित कार्यक्रममा बोल्दै एरिया लिडर रानाले आफुहरुको सस्थाले शैक्षिक क्षेत्रमा समेत बिगत देखि नै काम गर्दै आईरहेको उल्लेख गर्दै विद्यालयको पुर्वाधार निर्माणमा उक्त सहयोग ठुलो भएको बताउनु भयाे ।

भवन निर्माणका लागि लायन्स क्लव अफ बुटवल, लायन्स क्लव अफ बुटवल तिलोत्तमा र चौधरी फाउन्डेसनको लागत साझेदारीमा भवन निर्माण हुने भएको जनाईएको छ ।

भवन निर्माणका लागि लायन्सले ७९ लाख ९१ हजार रुपैयाँ ब्योहोर्ने छ भने चौधरी फाउन्डेसनले शुद्ध खानेपानी ब्यवस्थापन,स्मार्ट बोर्ड जडान र कम्प्युटर ल्याबका लागि १२ लाख ३५ हजार रुपैयाँ ब्योहोर्ने भएको फाउन्डेसनकि सचिव सारिका चौधरीले जानकारी दिनुभयो । त्यसै गरी भवनमा आवश्यक फर्निचरका लागि स्वयं विद्यालयले समेत १२ लाख ३५ हजार रकम छुट्याउने बताईएको छ ।

परियोजना अघि बढाउन नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का पूर्व संघीय सांसद विनोद कुमार चौधरीको विशेष पहल रहेको फाउन्डेसनकि सचिव चौधरीले बताउनु भएको थियो।

विभिन्न संस्था, विद्यालय र सामाजिक क्षेत्रका व्यक्तिहरूबीचको सहकार्यबाट अघि बढाइएको यस परियोजनाले विद्यार्थीका लागि थप व्यवस्थित, सुरक्षित र अनुकूल अध्ययन वातावरण निर्माणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।