sunwal

सूर्य ज्योती युवा क्लबको  २९औं बार्षिक साधारणसभा सम्पन्न

419

प्रेम भुजेल

चिसापानी,भदौ–५

बर्दघाट नगरपालिका वडा नं –२ मा रहेको सूर्य ज्योती युवा क्लबले आफ्नो  २९ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षता एवम जिल्ला समन्वय समिति नवलपरासीका सदस्य धनिराम चौधरीको प्रमुख आतिथ्यता भएको सभामा बोल्दै प्रमुख अतिथि चौधरीले क्लबको सबै कार्यहरु उत्कृष्ट रहेका र आगामी दिनमा पनि अझ उत्कृष्ट कार्य गरेर अगाडी बढ्नेमा आफु बिश्वस्त रहेको भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।

सोहि कार्यक्रममा वडा नं २ कि पुर्व अध्यक्ष दया दर्लामीले क्लबका हरेक कार्यक्रममा आफुलाई निमन्त्रणा गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै क्लबले यस क्षेत्रमा गरेका हरेक काम हरुको प्रशंसा समेत गर्नु भएको थियो ।

सुर्य ज्योति युवा क्लबका सचिव प्रेम भुजेलको सञ्चालन र सह–सचिव ईन्द्र थापाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा क्लबका अध्यक्ष राम भण्डारीले संस्थाको प्रगति प्रतिवेदन सहित आगामि योजना प्रस्तु गर्नु भएको थियो भने क्लबका सचिव प्रेम बहादुर भुजेलले संस्थाको भावी नीति तथा कार्यक्रम सहित आर्थिक बर्ष २०८३र०८४ का लागि २२ लाख ३२ हजार बरावरको अनुमानित बार्षिक बजेट समेत प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी कोषाध्यक्ष दिपा पाण्डेले तयार पारेको आर्थीक प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो । त्यस्तै लेखा संयोजक बिष्णु दर्लामी कार्कीले संस्थाको लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

२९ औ बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन माथि  पुर्ब अध्यक्ष एवम सल्लाहकार कमल बहादुर परियारले संस्थाको आम्दानीलाई समेत दिगो राख्नका लागि नया सदस्यता थप तथा सदस्यता नविकरण कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो ।

चिसापानी सामुदायिक बनको  ट्रष्टमा आयोजना गरीएको उक्त २९ औ बार्षिक साधारणसभामा बर्दघाट नगरपालिका वडा नं २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री ,पुर्व वडा अध्यक्ष दया दर्लामी, पुर्व क्लब अध्यक्ष एवम सल्लाहकार कमल बहादुर परियार चिसापानी खाने पानी संस्था का अध्यक्ष राम प्रसाद सापकोटा क्लबका सल्लाहकारहरु मीन बहादुर कार्की, लोक बहादुर क्षत्री , खिम बिक्रम थापा, बलराम भण्डारी, सुबोध जागृत बुढाथोकी ,  कृष्ण प्रसाद पाण्डे, अनिल गुरुङ , यश बहादुर बराल मगर, दिपक भण्डारी, मिर्मिरे क्लबका अध्यक्ष रेल बहादुर बुढा, गाउँले दर्पण अनलाईन मिडिया तथा नेपाल टेलिभिजका पश्चिमाञ्चल संवाददाता कुश्माकर ढकाल लगायत ,टोल बिकास संस्थाका अध्यक्षहरु आमा समुहका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।