sunwal

बर्दघाटमा भरुवा बन्दुक सहित २ जना पक्राउ

1,111

कृष्ण ढकाल

बर्दघाट,जेष्ठ- ७

नवलपरासीको बर्दघाट ४ मर्चाघाेलावाट भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन ।

आज विहान ११ बजेकाे समयमा इ.प्र.का.बर्दघाटका प्रहरी निरिक्षक कृष्ण डाँगीकाे कमान्डरमा खटीएकाे टाेलिले भरुवा बन्दुक सहित नवलपरासी बर्दघाट न.पा.४ शिवशक्ती टोल बस्ने बर्ष ४३को बिजय पौडेल र चिसापानी बस्ने बर्ष ५०को बखत रानालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरीले जनाएको छ ।

पाैडेलले आफ्नो घर अगाडी बन्दुक पडकाएको र साथी सँग जंगल तर्फ लागेको भनि स्थानियले जानकारी गराउना साथ तत्काल जि.प्र.का.नवलपरासीबाट प्र.स.नि.जनार्धन यादव र इ.प्र.का.बर्दघाटबाट प्र.नि.कृष्ण डाँगीको कमाण्डमा ११जनाको टोली खटि नियन्त्रणमा लएकाे जिल्ला प्रहरी कार्यालयले जाएकाे छ ।

बिजय पौडेलको साथबाट १नाले भरुवा बन्दुक र बखत रानाको साथबाट १झोला र झोला भित्र छर्रा ७४वटा,बारुद २बट्टा(आधा/आधा बट्टा)बरामद भएको,घटनास्थल इ.प्र.का.बर्दघाटबाट अ.४ कि.मि.उत्तर पश्चिममा रहेकाे छ ।