sunwal

बर्दघाटमा बैदेशिक रोजगार सुरक्षित गाउँ घोषणा

725

रामु भुषाल

बर्दघाट बैशाख- २५

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत रहेको नयाँ गाउँ टोल शुक्रबार एक कार्यक्रमका बीच वैदेशिक रोजगार सुरक्षित गाउँ घोषणा गरिएको छ ।

बर्दघाट नगरपालिकाको आयोजनामा तथा सुरक्षित आप्रवासन सामि कार्यक्रमको प्राबिधिक सहयोगमा ” स्वदेशमा नै रोजगारी गरौ वैदेशिक रोजगारिमा जाने भए सहि सुचना लिएर र सीप सिकेर मात्र जाऔ” भन्ने नारा सहित घोषणा कार्यक्रम सम्पन्न गरिएको हो।

बर्दघाट नगरपालिका वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष मञ्जु शर्मा चालिसेको अध्यक्षता एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न घोषणा कार्यक्रममा बोल्दैप्रमुख अतिथि श्रेष्ठले वैदेशिक रोजगारीमा जाने युवालाई सुरक्षित, मर्यादित र कानुनी प्रक्रियामार्फत विदेश पठाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले सुरक्षित आप्रवासन सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नगरपालिका निरन्तर लागिपरेको उल्लेख गर्नु भयो ।साथै वहाले बर्दघाट नगरपालिकाका १२७ टोल मध्य सबै भन्दा कान्छो टोल यस नया गाउँ टोल भएतापनी यश टोलले उत्कृष्ट कार्य गरेको र अन्य क्रीयाकलापमा पनि यस टोलले अग्रणी भुमिका निर्वाहा गर्न आग्रह समेत गर्नु भयो।

उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक विजय ठाकुरले वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले आवश्यक सूचना,सीप तथा कानुनी प्रक्रियाबारे जानकारी लिएर मात्र विदेश जानुपर्ने बताउनु भयो । उहाँले सुरक्षित गाउँ घोषणा कार्यक्रमले समुदायस्तरमै सचेतना फैलाउन सहयोग पुग्ने धारणा राख्नु भयो ।साथै वहाले लुम्बिनी प्रदेशमै पहिलो वैदेशिक रोजगार सुरक्षित गाउँ घोषणा भएको यस टोलले उक्त कार्यलाई निरन्तर कायम राख्न सबै सरोकार वला लाग्नु पर्ने धारण व्यक्त गर्नु भयो।

सोही अवसरमा वडा नम्बर ५ की वडा अध्यक्ष बिमला गुरुङले वैदेशिक रोजगारीका कारण समाजमा देखिएका समस्या न्यूनीकरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य जनक बहादुर रावलले सुरक्षित आप्रवासन सम्बन्धी अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।

सोही अवसरमा आप्रवासी परिवार हकहित मञ्च नवलपरासीका जिल्ला अध्यक्ष रामु भुसालले वैदेशिक रोजगारमा जाने नागरिकका परिवारको हकहित संरक्षण तथा उनीहरूलाई आवश्यक परामर्श र सहयोग प्रदान गर्न मञ्च सक्रिय रूपमा लागिरहेको जानकारी दिनु भयो ।

नयाँ गाउँ टोल विकास संस्थाका अध्यक्ष बिन्दु भण्डारीले गाउँलाई सुरक्षित गाउँ घोषणा गर्न सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि वैदेशिक रोजगारसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

सो अवसरमा सामि कार्यक्रम लुम्बिनी प्रदेश अधिकृत जियाउल हक मनिहारले टोलमा ४८ घरधुरी र  १९१ जनसंख्या मध्य  २७ जना वैदेशिक रोजगारमा रहेको र ६ जना जाने सोचमा रहेको र ती सबै सुरक्षित र सुचनाको पहुँचमा रहि आवश्यक कागजात हरु घरमा छोडेकाले यस टोललाइ वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको जानकारी दिनु भयो।

घोषणा कार्यक्रममा स्वागत मन्तव्य बर्दघाट नगरपालिकाका रोजगार संयोजक जङ्ग मल्लले गर्नु भएको थियोे भने कार्यक्रमको  सन्चालन बर्दघाट नगरपालिका सामी कार्यक्रमका रिटर्नि स्वमसेवक सुर्य पान्डेयले गर्नु भयेको थियोे ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, वैदेशिक रोजगार सङ सम्बन्धित परिवार , तथा स्थानीयवासी संचारकर्मि ,सुरक्षाकर्मि,लगाएत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।