Bardaghat Na pa

उद्योग, व्यापार देशको मुख्य मेरुदण्ड : अध्यक्ष भण्डारी

540

कृष्ण ढकाल/सराेज धिताल

बर्दघाट,माघ-१३

उद्योग, व्यापार देशको मुख्य मेरुदण्ड रहेको नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय अध्यक्ष खिमलाल भण्डारीले बतानु भएकाे छ ।

उद्योग व्यापार संघ बर्दघाटद्धारा आयोजित प्रथम बर्दघाट एक्सपोको उद्घाटन समारोहलाई सम्बाेधन गर्दै अध्यक्ष भण्डारीले उक्त कुरा बताउनु भएकाे हाे ।

देशलाई आर्थिक सवलीरणका गर्नका लागि उद्योग तथा कलकारखाना स्थापना गरि रोजगारीको अवसर र्सिजना नगरे सम्म युवा पलायनहुनबाट रोक्न नसकिने दावि समेत गर्नुभयो । नेपाल जस्तो देशमा निति नै परिवर्तन गरेर भएपनि रुग्ण अवस्थामा रहेका उद्योगहरुलाई पनि सञ्चालन गर्नुपर्ने अध्यक्ष भण्डारीकाे भनाई थियाे ।

उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष तथा एक्सपो मुल आयोजक समितिका संयोजक राजु न्यौपानेको अध्यक्षता र नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आथिथ्तामा भएकाे

कार्यक्रममा बाेल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले एक्सपोले बर्दघाटमा शिथिल अवस्थामा पुगेका व्यापारीहरुको पुर्नउत्थान गर्नेमा विश्वास लिएको बताउनु भयाे । बर्दघाट नगरले स्थानिय महिला उद्यमीहरुको उत्पादन विक्री वितरणको लागि उद्योग व्यापार संघ संगको सहकार्यमा निःशुल्क स्टल उपलब्ध गराईएको समेत बताउनु भयो ।

साेही कार्यक्रममा उद्योग व्यापारसंघ बुटवलका अध्यक्ष लोक नाथ पन्थीले एक्सपोले स्थानिय सरकार, व्यवसायी तथा उपभोक्ता सबैलाई फाईदा पुग्ने विचार व्यक्त गर्नुभयो । पन्थीले स्थानिय सरकारले स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेर आफ्नो नगरभन्दा बाहिरबाट आऊने सामाग्रिहरुमा रोक लगाउनु पर्ने बताउनु भयो । उहाँले खुला बजार नितिले केहि समस्या निम्त्याएपनि सरकारका दृष्टीले स्थानियलाई संरक्षण गर्न केहि कडा कदम चाल्न स्थानिय सरकारलाई सुझाव दिनुभयो ।

उद्घाटन कार्यक्रममा नगर उप प्रमुख रुद्र प्रकाश उपाध्याय, सि जि फाउण्डेशनकी मेरिना रन्जित, रविन्द्र विक्रम हमाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

स्थानिय उद्योग र ब्यापार, दिगो विकासको आधार भन्ने मुल नाराका साथ सुरु भएको एक्सपोले स्थानिय ब्यवशायी, कृषक र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजक सँस्था उद्योग ब्यापार सँघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।

उद्घाटन समारोहको अवसर पारेर गरिएको र्यालीमा विभिन्न विद्यालय, संघसंथा, आमा समूह लगायतका ३५ वटा समूहले आ आफनो झाँकी सहित उपस्थित भएका थिए ।

१२ दिनसम्म चल्ने एक्सपो करिव १ लाखले अवलोकन गर्ने र ७ करोड रुपैयाको आर्थिक कारोवारको आँकलन गरिएको अध्यक्ष न्यौपानेले बताऊनुभयो । २ सय ५० स्टल रहेको एक्सपोमा कृषि, लघु उद्यमी, महिला उद्यमीहरुले उत्पादन गरेको उत्पादन सँगै विभिन्न जातजातीका सँस्कृति झल्कने प्रदर्शनी, बाल उद्यान र साँगितिक कार्यक्रम समेत रहेको सँघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले स्वागत मन्तव्य मार्फत जानकारी दिनुभयो ।

स्थानिय सरकार, विभिन्न वडाका वडाध्यक्ष, स्थानिय व्यवसायी, संघसस्थका अध्यक्ष वा प्रतिनिधिहरुको उपस्थितिमा सञ्चालित कार्यक्रमको सञ्चालन संस्थाका महासचिव नारायण भण्डारीले गर्नुभएको थियो ।