कृष्ण ढकाल
बर्दघाट,भदौं–८
महिलाहरुको महान चाड हरितालिका (तीज) पर्वको अवसरमा बर्दघाट नगरका छुट्टा–छट्टै स्थानमा भब्य तीज गित प्रतियोगिता तथा तीज महोत्षब हुने भएको छ ।
नेपाली संस्कृतिको संरक्षण, प्रतिभाको उजागर र मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले यस प्रकारको भब्य कार्यक्रम आयोजना गरेको आयोजकहरुले बताएका छन ।
तीजको दिन बर्दघाटको पुरानो चौकी भएको स्थानमा बर्दघाट बजार विकास समितिले ३० हजार, २० हजार, १५ हजार र १० पुरस्कार राशी सहितको खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता–२०८२ को आयोजना गरेको अध्यक्ष गोविन्द पाध्यायले बताउनु भएको छ ।
त्यसैगरी भोली भदौ ९ गते र पर्सी १० गते दुई दिनका लागि वडा नं. १६ मा रहेको सूर्यनगर रंगशालामा नव युवा क्लव र महिला अधिकार संगठन बर्दघाट–१६ ले संयुक्त रुपमा हरितालिका जीत महोत्सव–२०८२ आयोजना गरेको नव युवा क्लबका अध्यक्ष धनसिंह चिताउरेले जानकारी गराउनु भएको छ ।
जीत महोत्सवमा महिला भलिवल,श्रीमति बोक्ने दौड , कुखुराको भाले छोप्ने ,ठेला फल्ने, स्वालो वाईक रेस,घैटो फोर,डोरी तान,टायरमा बल छिराउने लगाएतका प्रतियोगिताहरुसंगै चर्चीत कलाकार तथा गयककारहरुको प्रस्तुती समावस गरीएको अध्यक्ष चितउरेले जानकारी गराउनु भएको छ ।
महोत्सवमा चर्चीत गायक सकुन्तला गैरे र रामप्रसाद पाण्डेको बिषेश प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यता बर्दघाट–७ जिमिरेभारमा रहेको जिमिरेभार बजार विकास समितिले पनि भाद्र १० गते तीजको दिन त्रिनेत्रेश्वर धाम जिमिरेभारमा हरितालीका (तीज) विषेश वृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको संस्थाका अध्यक्ष नरेन्द्र थापाले बताउनु भएको छ ।