कृष्ण ढकाल
भुमही,भदौं–७
१६० औं मोति जयन्तीका अवसरमा साहित्य परिषद् नवलपरासीले भुमहिमा विषेश रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । साहित्य परिषद् नवलपरासीका अध्यक्ष डा. श्याम प्रसाद न्यौपानेको अध्यक्षता र सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवलपरासी,रुपन्देही,कपिलवस्तु ,पाल्पा र अर्घाखाँचीका साहित्यकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मोतीराम भट्टको जिवनी चर्चा सहित कविता,गजल,मुक्तक लगाएतका बिभिन्न प्रकृतिका रचनाहरु गायन तथा वाचन गरीएका थिए ।
साहित्यिक कार्यक्रममा बोल्दै सुनवल नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बिमला अर्यालले साहित्यकारहरुले साहित्यका माध्यमबाट र नेतृत्वमा रहने ब्यक्तिहरुले नेतृत्व तहबाट नै समाज रुपान्तरणमा एक भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले अहिले सुनवल नगरमा महिलाले नेतृत्व गरेको स्थानिय सरकारले नगरको समग्र विकासमा परिवर्तन ल्याउने गरी काम रहेको समेत बताउनु भयो ।
त्यसैगरी वरिष्ठ साहित्यकार हुमनाथ पाण्डेले कविता वा रचना वर्णनात्मक भन्दा पनि युग अनुसारको अर्थपूर्ण हुनु पर्नेमा जोडदिदै रचनाको संख्या बढाउनु भन्दा पनि स्तर बढाउन तर्फ लाग्नु पर्ने सुझाब दिनु भएको थियो ।
साहित्य परिषद् नवलपरासीका सचिव यमजित मल्ल “कल्पित”ले सञ्चालन गर्नु भएको कार्यक्रममा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति धनश्याम न्यौपाने लगाएतका साहित्यकारहरुले मोतिरामका वारेमा साहित्यीक चर्चा गर्नु भएको थियो भने सहभागिहरुले रचना वाचन तथा गायन गर्नु भएको थियो ।
रचना वाचन तथा गायन कार्यमा सहभागि साहित्यकारहरुलाई साहित्य परिषद् नवलपरासीले कदर प्रत्र सहित दोसल्ला ओडाएर सम्मान गरीएको थियो । सुनवल–१२,भुमहिमा रहेको जगन्नाथ मा.बि.को सभाहलमा भएको उक्त साहित्यीक कार्यक्रममा स्रष्टाहरुको निक्कै प्रभावकारी उपस्थितीले कार्यक्रम सफल भएको भन्दै साहित्य परिषद् नवलपरासीका अध्यक्ष डा. श्याम प्रसाद न्यौपानेले सबैलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।