Bardaghat Na pa

दिव्यज्योति बहुमुखि क्याम्पसको स्वास्थ्य शिविरमा ५ सय ४ जनाले स्वास्थ्य सेवा लिए

471

कृष्ण ढकाल
बर्दघाट,फागुन–८
बर्दघाट –२ चिसापानीमा रहेको दिव्यज्योति बहुमुखि क्याम्पसले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ४ जनाले स्वास्थ्य सेवा लिएका छन्।
क्याम्पसको ३५औँ वार्षिकोत्सव तथा ८औँ क्याम्पस सभाको अवसरमा आयोजना गरीएको स्वास्थ्य शिविरमा सुगर, प्रेसर, मुटु, स्त्रीरोग, नाक,कान,घाँटी, आँखा, दाँत लगायतका रोगहरूको जाँच तथा उपचार गरिएको क्याम्पस प्रमुख सागरमणि पाण्डेले जानकारी दिनु भयो।
क्याम्पसले शिक्षा मात्र नभई स्वास्थ्य सेवामा समेत योगदान दिइरहेको बताउँदै स्थानीय बासिन्दाहरूलाई निःशुल्क सेवा प्रदान गर्न पाउँदा क्याम्पसले गौरव महसुस गरेको पाण्डेले बताउनु भयो । शिविरमा “शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परामर्श र निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको थियो ।” पाण्डेले भन्नु भयो।
स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेज, पृथ्वीचन्द्र अस्पताल परासी, स्वास्थ्य कार्यालय परासी, डाक्टर क्लिनिक चिसापानी, सहिद स्मृति सामुदायिक अस्पताल चौपाता लगायत संस्थाहरूको प्राविधिक सहयोग रहेको शिविरमा ३० जना चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो।
स्वास्थ्य शिविर बर्दघाट नगरपालिका, सरावल, प्रतापपुर, र सुस्ता गाउँपालिकाका नागरिकलाई लक्षित गरी आयोजना गरिएको थियो। सहभागीहरूले निःशुल्क जाँच तथा औषधि वितरणको व्यवस्था भएकाले शिविर निकै प्रभावकारी भएको स्वतन्त्र विद्यार्थी युनियन दिव्याज्योती क्याम्पसका अध्यक्ष किरण बस्यालले बताउनु भयो। शिविरमा विद्यार्थी, अभिभावक र स्थानियहरुले सेवा लिएका बस्यालले उल्लेख गर्नु भयो।