कृष्ण ढकाल
बर्दघाट,फागुन–४
नेकपा एमाले जिल्ला कमिटी नवलपरासीको दोस्रो पूर्ण बैठक शनिवार परासीमा सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको अध्यक्षता र पार्टी केन्द्रिय सचिव एवं लुम्बिनी पर्देश ईन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टीले शुरु गरेको ३ महिने वडा केन्द्रित जरा अभियानका बारेमा छलफल केन्द्रित रहेको जिल्ला अध्यक्ष्ँ अधिकारीले जानकारी दिनु भएको छ ।
पार्टी केन्द्रिय सदस्य तथा नवलपरासी ईन्चार्ज सरिता भुसाल खनाल,पार्टी केन्द्रिय सदस्य बिमला अर्याल ,पार्टी स्कुल बिभाग केन्द्रिय सदस्य बद्रिनाथ खनाल, प्रदेश कमिटी सदस्य रामबहादुर भण्डारी,थानप्रसाद गैरे लगाएतको उपस्थिती रहेको थियो ।
पार्टीको अपानी र सर्कुलर अनुसार अध्यक्ष अधिकारीले राख्नु भएको प्रस्तावहरु माथि छलफलगर्दै बैठकले वडा केन्द्रित जरा अभियान संचालनका लागि कार्य सम्पादनको जिम्मेवारी सहित तयगरीएका निर्णयहरु गरी बैठक समापन गरीएको पार्टी केन्द्रिय सदस्य तथा नवलपरासी ईन्चार्ज सरिता भुसालले बताउनु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी नवलपरासीको दोस्रो पूर्ण बैठकलाई सम्बोधनगर्दै पार्टी केन्द्रिय सचिव एवं लुम्बिनी पर्देश ईन्चार्ज पद्मा अर्यालले पार्टी सदस्यता नविकरण गर्ने, सबै पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने ,२०८४ मा पार्टिलाई देशको पहिलो शक्ति बनाउने गरी वडा तहमा पुगेर जनता संग छलफल गर्ने र सरकारले गरेका कामहरु सुशासन, विकास निर्माणका बारेमा जानकारी दिने,गुनासो सुन्ने र संबोधन गर्ने गरि अभियानलाई सफल पार्न निर्देशन दिनु भएको थियो ।