Bardaghat Na pa

प्रेस चौतारी नेपाल नवलपरासीको अध्यक्षमा गौरीशंकर जयसवाल

410

आरती राना
बर्दघाट,माघ–२६
प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीको आज परासीमा भएको सातौं जिल्ला अधिवेशनले गौरीशंकर जयसवालको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा सुरेश यादव, महिला उपाध्यक्षमा आरती राना, सचिवमा कल्पना खरेल, कोषाध्यक्षमा महेश यादव र सह–सचिवमा अभिषेक राव र सुन्याना चौधरीलाई चयन गरेको प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं निर्वाचन मण्डलका अध्यक्ष प्रदिप अर्चायले जानकारी गराउनु भएको छ ।
त्यसैगरी समितिको सदस्यमा टेकबहादुर हरिजन र अमृता बिक चयन हुनुभएको जानकारी दिए ।

जिल्ला अध्यक्ष मेघराज गौतमको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदिप आचार्य, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दिपु पोख्रेल, प्रदेश सचिव बेनी माधव बस्याल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, राजकुमार रेश्मी, विकास अधिकारी लगायतको उपस्थिती रहेको थियो।