Bardaghat Na pa

काव्य विमर्श, पुरस्कार समर्पण एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

491

बर्दघाट,माघ–१३
साहित्य परिषद्, नवलपरासीको आयोजनामा काव्य विमर्श, पुरस्कार समर्पण एवम् स्रष्टा सम्मान कार्यक्रम शनिवार भुमहिमा सम्पन्न भएको छ । साहित्यिक कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख बिमला अर्यालले नगरको विकासका लागि सुनवल नगरपालिकाले सुनवल वाङ्मय प्रतिष्ठानको अवधारणा लिएको बताउनु भएको थियो ।

परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको अध्यक्षता र सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रुपन्देहीको भैरहवा निवासी वाङ्मयसेवी विजयसागर श्रेष्ठलाई वाङ्मय साधनाश्री पुरस्कार –२०८० बाट , पूर्वी नवलपरासीको प्रगतिनगर निवासी कृष्णादेवी शर्मालाई र खगेन्द्र गिरि (कोपिला)लाई काव्य साधनाश्री पुरस्कार –२०८० द्वारा सम्मान गरिएको थियो ।

काव्य विमर्श, पुरस्कार समर्पण एवम् स्रष्टा सम्मान कार्यक्रममा बोल्दै प्राध्यापक हुमकान्त पाण्डेयले काव्यसाधनामा लागेकाहरूले अक्षरको माध्यमबाट समाजमा चेतनाको बीउ छर्ने भएकोले यस्ता प्रतिभासम्पन्न व्यक्तिहरू सम्मानयोग्य रहेको धारणा राख्नु भएको थियो ।
त्यसैगरी सिद्धार्थ साहित्य परिषदका सल्लाहकार एवम् शहीद् स्मृति पुस्तकालय भैरहवाका अध्यक्ष रुद्र ज्ञवालीले पुरस्कृत प्रतिभाहरूलाई बधाई दिँदै भाषा र साहित्यको समुन्नतिबाट नै हरेक राष्ट्रको अस्तित्व रहने भएकोले भाषा र साहित्यको संरक्षण संवर्द्धनमा देशका साथै स्थानीय तह लाग्नुपर्ने बताउनु भएको थियो उहाँले भाषा, साहित्य, कला र संस्कृतिकर्मीहरूको सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

मैना सुवेदी, विश्वजित गुप्ता, काशीराम पाण्डेय (निर्दोष) दीर्घनाथ गौतम (बाँसुरीवीर) र पुराण गुरुङको व्यवस्थापन तथा तिलक भट्टराई (अन्जान)को संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । उमा भट्टराई (आदिश्री)को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा परिषद्का उपाध्यक्ष भविश्वर पराजुलीको धन्यवाद ज्ञापन र सचिव यामजित मल्ल (कल्पित)को सञ्चालन रहेको थियो ।
कार्यक्रमा डा। हरिप्रसाद घिमिरे, जनक पाण्डेय (प्रेमिल), तुलसीराम पाण्डे, तोमा तिवारी न्यौपाने, छविलाल भुसाल, माया अर्याल, गङ्गा न्यौपाने, कला तिवारी भट्टराई, निर्मला न्यौपाने, कृष्ण पाण्डेय, गीता पाण्डेय, प्रेमलाल भण्डारी, अन्जना अधिकारी पाण्डेय, विष्णु भण्डारी, सागर लामिछाने, पुष्पा डुम्रे (पारिजात), जानकी अर्याल, उमा पङ्गेनी रेग्मी लगायतका साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो ।