Bardaghat Na pa

क्षतिपूर्तिको मागगर्दै किसानहरुले नगरमा ज्ञापन पत्र बुझाए

590

बर्दघाट,मंसीर–२१
बर्दघाट नगरपालिकाले नगरका किसानहरुलाई वितरण गरेको बर्षिम घाँसको गुणस्तरहिन विउका कारण भएको क्षतिको क्षतिपूर्तिको मागगर्दै किसानहरुले नगरमा ज्ञापन पत्र बुझाएका छन ।
निमित्य प्रमुख प्रशासकिय अधिकृत लोकराज पन्थीलाई आज बुझाएको उक्त ज्ञापन पत्रमा किसानहरुले क्षीपूर्तिको अवज्ञा भएमा कानुनि प्रक्रियाद्धारा निराकरणको बाटो अवलम्बन गर्ने चेतावनी समेत दिएका छन ।
बर्दघाट नगरपालिकाको पशुपंक्षि तथा मत्स्य विकास शाखाले आ.ब. २०८१÷०८२ को कार्यक्रममा किसानहरुको लागत सहभागिता रहनेगरी बर्षिम घाँसको विउ किसानहरुलाई वितरण गरेको थियो । तर वितरणकै क्रममा विउको उमारक्षमता नरहेको भन्दै कतिपय किसानहरुले नगरमा नै फिर्ता गरेको थिए भने कतिपयले लगेर खेतमा छरेका थिए । तर नगरबाट लगेको विउ नउम्रेर झार उम्रेपछि अहिले किसानहरुले क्षीपूर्तिको मागर्दै नगरमा ज्ञापन पत्र बुझाएको बताएका छन ।
ज्ञापन पत्रमा भनिएको छ नगरवाट वर्षिम घाँसको विउ भनेर लगेकोमा झार उम्रेपछि पशुआहारमा समस्या पर्नगई दुध उत्पादनमा समेत कमी आउने गरी नगरले किसानसँग खेलवाड गरेको छ ।