sunwal

देउसी भैलोको रकम क्यान्सर पिडित देखि अपाङगहरु सम्मलाई सहयोग

491

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२
बर्दघाटमा रहेको रोयल फिट्नेस हबले तिहारमा खेलेको देउसी भैलोबाट जम्मा भएको रकम बर्दघाट–४ का क्यान्सर पिडित आकश छन्त्यालको उपचारका लागि सहयोग गरेको रोयल फिट्नेस हबका जितेन्द्र श्रेष्ठले बताउनु भएको छ ।
उहाँले क्यान्सर जस्तो प्राण घातक रोग लागेर भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा विगत एक वर्ष देखी उपचार गर्दै आएका क्यान्सर पिडित आकश छन्त्यालको उपचारका लागि सबैले सहयोग गर्न पनि आग्रह गर्नु भएको छ । अहिले छन्त्यालको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकोले सबैको सहयोग संकलनका लागि शुरु गरीएको आकाश छन्त्याल वचाऊ अभिनयमा सबैले सहयोग गर्न अनुरोध गर्दै आफुहरुले भैलोवाट संकलन भएको १५ हजार सहयोग गरेको बताउनु भयो ।

त्यसैगरी भैलोबाट संकलित रकमवाट नै अपाङ तथा अनाथ बाल्बालिकाहरुको क्ष्ँेत्रमा कामगरीरहेको संस्था सहयात्री नेपाललाई १२ थान कुर्सी र खाध्य सामाग्री सहयोग गरेको रोयल फिट्नेस हबका जितेन्द्र श्रेष्ठले बताउनु भएको छ ।
यता २७ हजारको एक थान वाटर प्युरीफाई रोयल फिट्नेस हब बर्दघाट जिम हाउसलाइ र पनि सहयोग गरेको श्रेष्ठले बताउनु भयो ।