sunwal

बुटवल–नारयणगढ राजमार्ग निमार्णको काम शुचारु गर्न जनप्रतिनिधिहरु बालुवाटार जादै

671

बर्दघाट,कार्तिक–२५
बुटवल–नारयणगढ राजमार्ग निमार्णको काम रोकिए पछि तत्काल निमार्ण कार्य शुरु गर्ने बातावरण सृजना गर्न दवाब दिन जनप्रतिनिधिहरुको टोली यहि कार्तिक २९ गते प्रद्यानमन्त्री कार्यालय जाने भएको छ ।
पश्चिम र पूर्वी नवलपरासी सहित रुपन्देहीका जनप्रतिनिधिहरुको टोली प्रद्यानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाने भएको हो ।
जिल्ला समन्वय समिती पश्चिम नवलपरासीको आयोजनामा आज बर्दघाट नगरपालिकामा भएको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा रुपन्देही ,पश्चिम नवलपरासी र पूर्वी नवलपरासी जिल्ला समन्वय समितिका प्रमुखहरु भगौवती यादव,उमाकान्त चापागाई ,बाबुराम विश्वकर्मा सहित बुटवल,देवदह,सुनवल,बर्दघाट,सरावल ,देवचुलि,विनय त्रिवेणी मध्येविन्दु लगाएतका पालिका प्रमुख तथा उपप्रमुखहरु र नारायणघाट–बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्र सहितको उपस्थिती रहेको थियो ।
सडक निमार्णको जिम्मा पाएको चाइना स्टेट कर्पाेरेशनले अहिले सम्म एकतर्फी रुपमा ५२ प्रतिशत काम गरेको र गएको असारमा ८० करोड भुक्तानी लिएको सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले बैठकमा रिपोटिङ्ग गर्नु भएको थियो ।


९ अर्ब भुक्तानी बा“की रहेकोले ठेक्का तोडन भन्दा पनि उही कम्पनीलाई काम गर्ने वातावरण बनाउदा फाईदा हुने अन्यथा फेरी ठेक्का लगाउदा ढिलो र करीव २२ अर्ब लाग्न सक्ने संभावना समेत रहेको मिश्रले जानकारी गराउनु भएको थियो ।
२०७५ साल चैत्र महिनामा शुरु गरेको बुटवल–नारायणगढ सडक निमार्णको काम तेस्रो पटक म्याद थपगरेको समयमा पनि सम्पन्न हुन सकेको छैन ।
चाइना स्टेट कर्पाेरेशनले ढुङ्गा, गिटि,मिस्कट र माटो जस्ता म्याट्रियलहरु समयमा नपाएको जस्ता बिभिन्न कारण देखाएर राजमार्ग निमार्णमा समस्या भएको बताउदै आएको भएपनि अहिले भने राजमार्ग निमार्णको समय लम्बिदा ठेक्का घाटामा गएकोले रकम थप गर्नु पर्ने भन्दै निमार्ण कार्यमा आलटाल गरेको छ ।
एशियाली विकास बैक ( एडिबि) को ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाखको लागतमा निर्मँण हुने भनिएको १ सय १५ किलो मिटिर राजमार्गलाई २ खण्डमा बिभाजन गरेर निर्माणको काम शुरु गरीएको थियो ।
बुटवल देखि दाउन्ने सम्मको ४८.५८ किलोमिटर लाई खण्ड क र दाउन्ने देखि गैडाकोट सम्मको ६४.४२ किलोमिटरलाई खण्ड ख बनाएर राजमार्ग निमार्णको काम शुरु गरेको थियो।
हिंउदमा धुलाम्बे र बर्षामा हिलाम्बे हुदा स्थानियवासीहरु र यात्रुहरुलाई आवत जावतमा समस्या भएको छ भने सडक निमार्णका क्रममा सामान्य मर्मत सम्हार गर्न कन्जुसाई गरेकै कारण यातायातका सवारी साधनहरुको दुर्घटना बढी हुने गरेको छ ।