sunwal

शिक्षक कर्मचारी वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा ः पोखरेल

273

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१५
बर्दघाट नगरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको भेला आज सम्पन्न भएको छ । नगरका शिक्षक कर्मचारीहरुको भेला आयोजक समितिका संयोजक विश्वराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमबाट दिपक पोख्रेलको अध्यक्षतामा ११ सदस्य शिक्षक कर्मचारी वचत तथा ऋण सहकारी संस्था सञ्चालनका लागि तदर्थ समिति गठन भएको छ ।

दिपक पोख्रेलको अध्यक्षतामा गठन भएको तदर्थ समितिको उपाध्यक्षमा नरनाथ लामिछाने सचिवमा ऋषिराम खनाल ,कोषाध्यक्ष बुद्धि सुवेदी र सह–सचिवमा रत्ना सुवेदी रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा शेषकान्त पौडेल,पुजा बस्याल,गणेश चौधरी,मानसिंह परियार,सावित्री शर्मा र पवित्रा चौधरी रहनु भएको छ ।
समितिको लेखा सुपरिवेक्षण समितिको संयोजकमा शिवप्रसाद शर्मा र सदस्यमा ईश्वरानन्द नेपाल र शुशिला पौडेललाई चयन गरिएको छ भने सल्लाहकारहरुमा सोमनाथ अधिकारी,विश्वराज भट्टराई,झुपेन्द्र रिजाल,विनोद खनाल र अर्जुन पौडेल रहनु भएको नवगठीत समितिका अध्यक्ष दिपक पोखरेलले जानकारी दिनु भएको छ ।