Holi care school

पालिका अध्यक्षको अन्सन पछि अहिले हुलाकी सडक निमार्ण कार्य शुरु

392

कृष्ण ढकाल
बर्दघाट,असोज–४
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव आमरण अनशन बसेर हुलाकी सडक निर्माणका लागि ठेकेदार र सरोकारवाला निकायलाई दबाब दिएपछि अन्सन तोड्ने बेला भएको सम्झौता अनुसार अहिले ठेकेदार कम्पनीले सडक निर्माणको काम सुरु गरेको छ ।

प्रतापपुर गाउँपालिकाको गोपिगन्ज देखि बेलाटारी सम्मको झन्डै साढे ६ किलोमिटर हुलाकी सडक ६ बर्ष सम्म निर्माण सम्पन्न हुन नसकेपछि तत्काल काम सुरु गर्नु पर्ने माग सहित प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव ईलाका प्रशासन कार्यालयमा आमरण अनशन बस्नु भएको थियो ।

बर्षौ सम्म हुलाकी सडक निर्माण कार्य अलपत्र बनेपछि पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादव आमरण अनशन बसेपछि प्रदेश सरकारका भौतिक विकास मन्त्री भुमिस्वर ढकालले निमार्णको काम शुरुगरी सम्पन्न गर्न पहल गर्ने प्रतिवद्धता सहित जुस खुवाएर अध्यक्ष यादवको अन्सन तोड्नु भएको थियो ।
अन्सन तोडने बेला गाउँपालिका अध्यक्ष यादव लगाएतको जिल्लाका राजनितिक दल र जिम्मेवार निकायहरु सहितको रोहभरमा भएको सम्झौता अनुसार हुलाकी सडक निर्माणका लागि ठेकेदार कम्पनी महालक्ष्मी बज्रगुरुले अहिले निमार्णको काम सुरु गरेको छ ।