Sarawal sit lahar Notis

रियो चुस्कीमा किरा भेटियो ,बजारका सबै चुस्की फिर्ता गर्न अनुगमन टोलिको निर्देशन

497

कृष्ण ढकाल
बर्दघाट,साउन–२५

बर्दघाट नगरपालिका वडा नं. ७ जिमिरेभारमा रहेको रेग्मी किराना पसलमा बिक्रिका लागि राखिएको रियो चुस्कीमा किरा भेटिएको छ । रेग्मी किराना पसलमै रहेका बेला गर्मीको महशुस भएपछि पसल सञ्चालकसंग चिसो जुसी मागेर खान लाग्दा आफुले खानलागेको रियो जुसीमा किरा भएको पाईएको वडा नं. ७ का वडाध्यक्ष धु्रव थारु ले बताउनु भएको छ।
जुसीमा किरा भएको भेटिएपछि अध्यक्ष थारुले बर्दघाट नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्रप्रकाश उपाध्याय,पत्रकार तथा उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिका सचिव कुस्माकर ढकाललाई फोन गर्नु भएको थियो ।
वडाध्यक्ष थारुले जानकारी गराएसंगै अनुगमन समितिका संयोजक रुद्रप्रकाश उपाध्याय,उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिका अध्यक्ष हुमनाथ आचार्य र सचिव कुस्माकर ढकाल सहित नगरप्रहरीको टोलि रेग्मी किराना पसलमा बिक्रिका लागि राखिएको रियो चुस्कीमा किरा भेटिएको अनुगमन गर्न पुगेको थियो ।
अनुगमनका क्रममा चुस्कीमा किरा भएको पाएपछि पसलमा भएको सबै चुस्की बरामतगरी पसलले खरीद गरेको बर्दघाट–१४ चौपत्ताको जय कालिका ट्रेडसको समेत अनुगमन गरिएको थियो ।
जय कालिका ट्रेडसको अनुगमन पछि रियो चुस्की उत्पादक कम्पनि कालिका खाद्य उद्योग, बर्दघाट–९ पञ्चनगर पुगेर वडाध्यक्ष चन्द्रकान्त चापागाई र वडासदस्य दिपक खराल सहितको टोलिले कम्पनिको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा उद्योग सञ्चालनको प्रमाण पत्रमा उल्लेख भए अनुसारको प्याकिङ्ग कभर नभएको र खाद्यय परिक्षणको रिपोर्ट देखाउन नसकेकाले बजारका सबै चुस्की फिर्ता गर्ने र दुबै कुराको १० दिन भित्र प्रमाण पुराएर नगरलाई जानकारी गराएर मात्र रियो चुस्की उत्पादन गर्ने गरी प्याकिङ्ग कभर नगरले आफ्नो नियन्त्रणमा लिएको छ ।