Garamin sakos

नवलपरासीमा एक बर्षमा ७१ जनामा डेङ्गु संक्रमित

232

परासी,साउन–१७
पश्चिम् नवलपरासीका सात वटा पालिकाहरु मध्ये बर्दघाट नगरपालिकामा सबै बढी डेङ्गु संक्रमित भएको पाईएको छ । जिल्लाका ७१ जनामा डेङ्गु संक्रमण भएको देखिएको छ । २०८० श्रावण देखि २०८१ श्रावण महिना सम्म जिल्लामा ७१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले जानकारी गराउनु भएको छ।

बर्दघाट नगरपालिकामा मात्र ४७ जना ,रामग्राम नगरपालिकामा २१ जना ,पाल्हीनन्दन गाउँपालिकामा ३ जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य चार पालिकमामा बिरामी फेला नपरेको कार्यालयले जनाएको छ ।

अभियान अन्तर्गतको परिक्षण र नियमित परिक्षणमा जिल्लाका तीन वटा स्थानिय तहमा उक्त संख्याका बिरामी फेला परेको पन्थिले बताउनु भयो ।जसमध्ये सबै भन्दा धेरै डेङ्गु संक्रमितको संख्या बर्दघाट नगरपालिकामा देखिएको हो ।

डेङ्गु संक्रमण लामखुट्टेबाट सर्ने हुदा सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ ।स्वास्थ्य कार्यालयको तथ्यांक जिल्लामा ०७९ देखि ८० चैत्र सम्म तीन सय ३ सय १५ जनामा डेङ्गु फेला परेको तथ्यांकले देखाएको छ ।