Sarawal sit lahar Notis

बर्दघाट–१६,केरावारीमा अस्थायी प्रहरी पोष्ट स्थापना

0 40

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२५
शान्ति सुरक्षाका दृष्टिकोणले संवेदनसिलक्षेत्र मानिएको पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १५ र १६ को सिमानामा आज अस्थायी प्रहरी पोष्ट स्थापना गरीएको छ ।
चोरघोला किनारमा रहेको सितापोखरी सामुदायिक वन उपभोक्ता समुहको भवनमा अस्थायी प्रहरी पोष्ट केरावारीको स्थापना गरी आज एक कार्यक्रमका बिच प्रहरी पोष्टको समुद्घाटन गरीएको थियो ।
५ जना नेपाल प्रहरी रहने अस्थायी प्रहरी पोष्ट केरावारीको समुद्घाटन प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले गर्नु भएको छ ।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता उप प्रमुख रुद्रप्रकाश उपाध्यायको स्वागत रहेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ नागरीकहरुको सेवामा कर्तब्य निष्ठभएर आफ्नो कार्य सम्पादनलाई चुस्त बनाउन अस्थायी प्रहरी पोष्ट केरावारीको प्रहरी टिमलाई निर्देहन दिनु भएको थियो ।
पुर्व पश्चिम राजमार्गको बर्दघाट बजार देखि ६ कि.मि. भित्र पर्ने उक्त क्षेत्रमा प्रहरी पोष्ट स्थापना भएपछि अब त्यसक्ष्ँेत्रमा शान्ति सुरक्षा तथा अमनचयन हुने विश्वास बर्दघाट नगरले लिईएको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको थियो।
त्यसैगरी प्रहरी उपरिक्षक काजिकुमार आचार्यले अस्थाई प्रहरी पोष्टमा संख्याको हिसाबले प्रहरी थोरै भएपनि उच्च मनोबलका साथ कामगर्न निर्देशन गर्नु भएको थियो ।
बेला बेलामा चोरी,डकैती हुने देखि लागुऔषध ओसार पसार गर्ने ट्रान्जीट प्वोईन्टका रुपमा रहेको उक्त क्ष्ँेत्रमा केहि महिना अघि बर्दघाटका एक सुनचा“दी ब्यवसायीलाई दिउसै गोली हानेपछि जनप्रतिनिधि र प्रहरीको सक्रियतामा बर्दघाट–१६,केरावारीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरीएको हो ।

Leave A Reply

Your email address will not be published.