Sarawal sit lahar Notis

अंग्रेजी भाषाको साम्राज्यवादले नेपाली भाषालाई प्रभाव पारेको छ ः भाषा आयोगका अध्यक्ष ठाकुर

0 50

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२३

अंग्रेजी भाषाको साम्राज्यवादले नेपाली भाषालाई प्रभाव पारेको भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले बताउनु भएको छ । आज नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको भाषा परिचर्चा तथा मातृभाषामा शिक्षाको महत्व बिषयक गोष्ठीमा बोल्दै अध्यक्ष ठाकुरले उक्त कुरा बताउनु भएको हो ।

अङ्ग्रेजी भाषाको मोहका कारण नेपाली भाषा मात्रनभै सबै जात–जातीहरुका मातृभाषा समेत ओझेलमा परेको अध्यक्ष ठाकुरको भनाई रहेको थियो । आधारभुत तहको शिक्षामा अब मात्रृभाषाको पढाइ हुने ब्यवस्था गर्नका लागि स्थानिय तहलाई अनुरोध गर्दै अध्यक्ष ठाकुरले त्यसका लागि भाषा आयोगले गर्नुपर्ने सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता जाहेर गर्नु भएको थियो । जब सम्म घर–घरमा मात्रृभाषाको प्रयोग हुदैन तव सम्म कुनै पनि समुदायको मात्रृभाष संरक्षण नहुने भएकाले घरबाट नै मात्रृभाषको प्रयोग गर्न जरुरी रहेको उहाँको भनाई रहेको थियो ।

बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति डा।घनश्याम न्यौपानेको अध्यक्षता ,भाषा साहित्य बिभागका संयोजक हुमनाथ आचार्यको स्वागत मन्तब्य र भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ,नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुल पति बिमल कृष्ण श्रेष्ठ,नेपाल प्रज्ञा प्रतिष्ठान मात्रृभाषा तथा कोष र ब्याकरण बिभाग प्रमुख त्रैलोक्यमान बनेपाली लगाएतका साहित्यकारहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

आज पहिलो दिनको मगर,गुरुङ र नेवार भाषाको गोष्ठीमा मगर समुदायका वारेमा मगर समाजकी प्रदेश सदस्य तारा रानाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने मगर समुदायको कार्यपत्र माथी प्रेम कामुले टिप्पणी गर्नु भएको थियो ।
त्यसैगरी नेपाल भाषाका वारेमा नेवाः दबु केन्द्रिय उपाध्यक्ष उमेश स्थापितले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने त्यसमाथी त्रैलोक्यमान बनेपालीले टिप्पणी गर्नु भएको थियो । त्यस्तै गुरुङ भाषका वारेमा पुराण गुरुङले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने त्यस माथि ईश्वर गुरुङले टिप्पणी गर्नु भएको थियो ।

भोली नेपाली,भोजपुरी र थारु भाषाका वारेमा कार्यपत्र सहितको छलफल रहने बर्दघाट प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव सरद पौडेलले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.