Sarawal sit lahar Notis

जिन्दगी जुवाको खाल नै त हो ः ध्रुव अर्याल निरस

0 68


जिन्दगी जुवाको खाल नै त हो
छक्कापंजा चाल्ने चाल नै त हो
कल्कलाउँदी धर्ती काँचै निल्ने
सुनामी सागरको छाल नै त हो
मान्छे नै हो ईशवर जन्माउने
खानै जन्मेको काल नै त हो
माकुराका माउ र बच्चा सम्बन्ध
कयौं जाल बुनेको जाल नै त हो
निरस जिन्दगी जिएर अघायो
अरुको जिन्दगी कमाल नै त हो?

यौटा मनुष्य यस्तो खोजौं जस्ले मोनालिसाको चित्र बनायो
अर्को मनुज यस्तो रोजौं जस्ले सुदामा परम मित्र बनायो
धर्तीको स्वर्गमा पनि भ्रष्ट गद्दार र बेविचारी मौलाउँदै गए
दुत्कारौं!जस्ले इन्द्र लाई लघारी दुर्वासा सत्ता भित्र बनायो


रिसाएछ नठाने म त लजाएर बसेको
कलेजीमा कसैको चित्र अडाएर बसेको
आफू सँगै सारा भुल्छु कोही सम्झिदा
मन मन्दिरमा धुपबत्ती जलाएर बसेको

तन्नेरी रात डाँडामा भेट्न बोलाई
कुर्दाकुर्दै जूनी बित्यो बसें टोलाई
मायाको कोसेली जून तारा भन्थी
कठै!मेरा प्रीति फूल गए लोलाई

संसारमा यो नेपाली सबैभन्दा वीर छ
तर पनि किन किन झुक्नै पर्ने शीर छ
खोलो बग्छ पसिनाको सपना फलाउन
हात पर्छ शुन्य हजुर रात दिन पीर छ


सुमधुर मनको बोलीमा नेपालीपन झल्किन्छ
स्वर्ग छोई बग्ने हर खोलीमा नेपालीपन झल्किन्छ
ब्रह्माण्डको कुनै पनि कुनामा गै खोज्नुस् तपाईँ ?
चोखो मायाको झोलीमा नेपालीपन झल्किन्छ

सुन्नु त बेस्सरी बर्बरी रुँदैछ देश
मृत्युले गौंडामा ड्वाकेर कुर्दैछ देश
लीक्वान जस्ता योद्धा जन्माउँछौं कैले?
रानो बिनाको खाली घार हुँदैछ देश

 

साहित्यकार ः ध्रुव अर्याल निरस

Leave A Reply

Your email address will not be published.