Sarawal sit lahar Notis

“बि” डिभिजन अन्तर क्लब फुटबल प्रतियोगिता सुनवलमा

0 33

सुनवल,जेष्ठ–४

सुनवल किर्तिपुर १ पश्चिम नवलपरासीकाे खेल मैदानमा जिल्ला लिग “बि” डिभिजन अन्तर क्लब फुटबल प्रतियोगिता हुने भएकाे छ । नवलपरासी जिल्ला फुटबल संघ सुनवल-१३, नवलपरासी (ब.सु.प.) लुम्बिनी प्रदेशकाे आयाेजनामा यहीँ जेष्ठ ६ गते देखि जेष्ठ ८ गते सम्म संचालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएकाे हाे ।
पत्रकार सम्मेलमा बाेल्दै जिल्ला फुटवल संघ नवलपरासीका महासचिव सुबिन्द्र कवर याेगीले जिल्ला लिग “बि” डिभिजन अन्तर क्लब फुटबल प्रतियोगितामा जिल्लाबाट ५ वटा क्लबकाे सहभागीता रहने जानकारी गराउनुभयाे । उहाँले सहभागी ५ टिमबाट बिजेता टिमलाई “ए” डिभिजन अन्तर क्लब फुटबल प्रतियोगितामा सहभागी गराइने समेत बताउनुभयाे ।
सहभागी हुने ५ टिमहरूमा सरावल खेलकुद संस्थान सरावल २, साझा यूवा क्लब रामग्राम १२ (२), भैरव स्पाेट्स क्लब बर्दघाट १०, सि नव नेपाल किसान यूवा क्लब बर्दघाट १२ र नव यूवा क्लब बर्दघाट १६ रहेकाे छ ।
उक्त खेलबाट उत्कृष्ट खेलाडी , उत्कृष्ट गाेल रक्षक, सर्वाेत्कृष्ट गाेलकर्ता र म्याम अप द म्याच समेत घाेषणा गरिने महासचिव याेगीले बताउनुभयाे । खेल अबधिभर खेल र खेलाडीकाे सम्पूर्ण जिम्मेवारी सह-आयाेजक जेनिथ युवा क्लक किर्तिपुरकाे रहने छ ।
“बि” डिभिजन अन्तर क्लब फुटबल प्रतियोगिता लगत्तै ” ए” डिभिजन अन्तर क्लब फुटबल प्रतियोगिताकाे आयाेजना गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे ।

Leave A Reply

Your email address will not be published.