Jilla Ban Notis

द–आर्ट अफ कुटिद्धारा खेलाडीहरुलाई जर्सी वितरण

0 86

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२९
अष्टेलियामा रहेको द–आर्ट अफ कुटिले पश्चिम नवलपरासीको बर्दघाट –३,कर्मैयाका युवाहरुलाई जर्सी वितरण गरेको छ । नयाँ बर्ष २०८१ को अवसरमा सनसाइन युवा क्लबले आयोजना गरेको तेस्रो गाउँस्तरीय पुरुष भलिवल प्रतियोगिताका खेलाडीहरुलाई उक्त जर्सी वितरण गरीएको होे।

हाम्रो नेपाल फाउन्डेनको संयोजनमा फाउन्डेसनकी अध्यक्ष तथा संविद्यान सभा सदस्य सिन्धु जलेसाले खेलाडीहरुलाई जर्सी हस्तान्त्रण गर्नु भएको थियो। जर्सी वितरण कार्यक्रममा बोल्दै संविद्यान सभा सदस्य जलेसाले युवाहरुलाई खेलसंगै सिपमा समेत दक्ष बनाउन जरुरी रहेको बताउनु भएको थियो।

स्वास्थ्य र मनोरञ्जनका दृष्टिकोणले समेत खेलकुद बढी उपयोगी रहने भएकाले खाली समयमा युवाहरुलाई खेलमा ब्यस्त बनाउन जरुरी रहेको जलेसाको भनाई रहेको थियो । युवाहरु खाली भएमा गलत बाटोमा जान सक्ने र अल्लारेपन देखाउन खोज्ने भएकाले युवाहरुलाई कुनै एक सिपमा दक्ष बनाउन तर्फ सबै केन्द्रित हुन जरुरी रहेको उहाँको भनाई रहेको थियो ।
कुनै पनि देशका युवाहरु खाली बस्न थाले भने त्यो देशको अर्थतन्त्रमा समेत असरपर्न सक्ने भएकाले अब सबै युवाहरुलाई कुनै न कुनै सिप सिकाएर उनीहरुको आर्थिक पाटोलाई मज्बुद बनाउन जरुरी रहेको जलेसाको भनाई रहेको थियो ।

बर्दघाट नगरपालिका वडा नं. ३ को कर्मैयामा चैत्र २७ गते देखि बैशाख १ गते सम्मका लागि सञ्चालन भैरहेको तेस्रो गाउँस्तरीय पुरुष भलिवल प्रतियोगितामा प्रर्थम हुनेले २९ हजार ९ सय ९९ रुपैया,दिद्धिय हुनेले १९ हजारु ९ सय ९९रुपैया र तृतीय हुनेले ९ हजार ९ सय ९ रुपैया तथा सान्तोनाका लागि ४ हजार ९ सय ९९ रुपैया राशीको पुरस्कारको ब्यवस्था गरीएको वडा सदस्य सुनिल चौधरीले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.