Jilla Ban Notis

बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण

0 43

कृष्ण ढकाल
बर्दघाट,चैत्र–५
सबैको बहुउद्धेश्यीय सहकारी संस्था लि. ,बर्दघाट–४ ले आफ्नो पहिलो र्वािर्षकोत्सवका अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेर छ ।

आर्थिक र भौगोलिक रुपमा संघर्ष गरी अध्ययन गरीरहेका बिद्यार्थीहरुलाई राहत पुग्ने उद्धेश्यले सहकारीले बर्दघाट–२,आम्वासका बिद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्री वितरण गरेको सबैको बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष्ँ राजु पौडेलले बताउनु भएको छ ।

आर्थिक र ब्यवसायिक मात्र नभै सामाजिक क्षेत्रमा पनि सहकार्य र समन्वय गरी अघि बढ्ने उद्धेश्य अनुरुप अघि बढेको सबैको बहुउद्धेश्यीय सहकारी संस्थाको निर्णय अनुसार यसपटक आम्वास प्राथमिक विद्यालय,बर्दघाट–२, आम्वासका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरीएको संस्थाका अध्यक्ष्ँ पौडेलले जानकारी गराउनु भएको छ ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा आम्वास प्राथमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दलबिर सुर्यवन्शी,प्राधानाध्यापक बाबुराम पौडेल,सहकारी अध्यक्ष राजु पौडेल ,संस्थाका ब्यवस्थापक, सुरज सापकोटा,दिपक खड्का, टिकादेबि पौडेल, डि.आर. तिम्सिना,कर्मचारी सबिता भण्डारी, अनिता घिमिरे लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.