kalika

ब्यबस्था परिवर्तन भयो, ब्यवहार परिवर्तन भएन ः प्रतिनिधि सभा सदस्य खनाल

लायन्स क्लब अफ नवलपरासी बर्दघाटले सिक्सा चालक,उद्यमी र खेलाडी महिलाहरुलाई सम्मान गरेर ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

135

कृष्ण ढकाल
बर्दघाट,फागुन–२६
नेपालको राज्य ब्यबस्था परिवर्तन भएपनि महिला प्रति गरिने ब्यवहारमा परिवर्तन नआएको प्रतिनिधि सभा सदस्य सरीता खनालले बताउनु भएको छ। ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लायन्स क्लब अफ नवलपरासी बर्दघाटले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य खनालले उक्तकुरा बताउनु भएको हो।

पहिलेको तुलनामा अहिले महिलाहरु बढी सचेत भैसकेका कारणले सदनमा पनि अहिले महिलाहरुले बढि महिलाका सवालमा समस्याहरु उठाउने गरेको खनालको भनाई रहेको थियो । महिलाहरुको हक र अधिकारका कुरा सदनमा मात्र हैन अब गाउँ–गाउँमा पनि महिलाहरुका समस्या र हक अधिकारहरु सक्रिय भएर उठाउन खनालले महिलाहरुलाई आग्रह गर्नु भएको थियो । महिलाहरुले म गर्छु ,म सक्छु भनेर अघि नबढेसम्म समाज परिर्वतन गर्न नसकिने भएकाले पुरुषहरु सरह अघि बढ्न सुझाब दिनु भएको थियो ।

अहिले महिलाहरु भोटर राईटमा समेत पछि रहेका कारण नेतृत्वमा महिलालाई लान नसकिएको भन्दै हरेक पाटिले महिलालाई कमस्थान दिनेगरेको गुनासो समेत गर्नु भयो । महिलाले नेतृगरेका संघ–सस्थाहरु सबल रहने गरेको बताउदै महिलाहरुको दक्षता र क्षमताका आघारमा नेतृत्वमा समेत क्रमशःस्थान पाउन शुरु भएको खनालले बताउनु भयो ।

लायन्स क्लब अफ नवलपरासी बर्दघाटले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीले महिलाहरुले साहस र आँट गरेर अघि नबढ्ता सम्म सधैंभरी पछि परिने भएकाले आफ्नो क्षमता अनुसार बिभिन्न संघ संस्था र समुहको नेतृत्व लिन अघि बढ्न आग्रह गर्नु भएको थियो । नानी बाबुहरु हल्लाउने हातले देश हल्लाउन सकिने भन्दै आफुले आफुलाई कम्जोर नठानी अघिबढ्नु पर्ने बताउनु भयो ।

लायन्स क्लब अफ नवलपरासी बर्दघाटकी अध्यक्ष कल्पना पौडेलको अध्यक्षता र सचिव लक्ष्मी शर्माको सञ्चालनमा भएको कार्यक्रममा बर्दघाट नगरका महिला खेलाडी,महिला अटो चालक र एकल महिला उद्यमीहरुलाई प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।
सम्मानीत हुनेमा खेलाडी तर्फ रोसनी कुमारी चौधरी,वसन्ती कुमारी वि.क. ,विपना परियार,सिमा तामाङ्ग र माया थापा रहनु भएको थियो । त्यसैगरी महिला उद्योगी तर्फ बुद्धिमाया वि.क.,दया दर्लामी,लक्ष्मी पटेल र खेम कुमारी गुरौं रहनु भएको थियो भने रिक्सा चालक तर्फ हरिकला सिंजाली,फुलमाया वि.क. र लक्ष्मी परियार रहनु भएको थियो ।

कार्यक्रममा ए.ओ.जी. डिष्टिक ३२५ पि. नेपालका युवराज डुम्रे,३२५ पि. का रिजन चियर प्रसन कमला शर्मा (बस्याल),शिवालय मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष देवि पौडेल,पारिजात सामुदायिक वनकी सचिव दिल कुमारी कुंवर,३२५ पि. का डिस्टीक जोन चियर प्रसन तिलकराम खनाल,डिस्टिक प्रोग्राम मेम्वर शिवकुमारी भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।