Jilla Ban Notis

बिजुलीवत्ति पुगेपछि बर्दघाट –२ को पहाडीक्षेत्रका वस्तीहरुमा खुशीयाली

0 144

कृष्ण ढकाल
दमार,फागुन–२३

बर्दघाट नगरपालिका वडा नंम्वर २ को पहाडीक्षेत्रका वस्तीहरु आज देखि अध्यारो वस्तीबाट उज्यालो वस्तीका रुपमा रुपान्तरण हुन सफल भएका छन । अहिले सम्म बिजुलीवत्ति नपुगेका पटुके,दमार,तिलकेनी,चाबच्चा,विहारी,पोखरीछाप लगाएतका वस्तीहरुमा आज देखि बिजुली बत्तिको सेवा पुगेसँगै स्थानियवासीहरु निक्कै हर्सित भएका छन ।

बिधु्त उत्पादन, वितरण र प्रसारणको कामगर्दै आएको नेपाल विधुत प्राधिकरणले ५ करोडको लागतमा बर्दघाट वडा नं. २ को पहाडी क्ष्ँेत्रमा विधिुतीकरणको आयोजना पुरा गरेको छ । २०७९ साल फागुन १८ गते टेन्डर आवाहनगरी २०८० पौष ११ गते बिधुतिकरणको निमार्णकार्य सम्पन्न गरेको थियो ।

विधुती करण नभएको स्थानमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत अफ्नै लगानिमा नेपाल विधुत प्राधिकरणले विधुतीकरण गर्ने निति अनुसार बर्दघाट नगरपालिका वडा नंम्वर २ को पहाडीक्षेत्रका वस्तीहरुमा विधुतीकरण गरी आज देखि स्थानिय जनतालाई बिजुलीको प्रयोग गर्ने वातावरण सृजना गरेको छ ।

अहिले पहिलो पटक ७ वटा वस्तीका १ सय २८ घर धुरीमा मिटर जडान गरी करिव २ सय घरधुरीलाई प्रत्यक्ष सेवादिन लागिएको नेपाल विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले बताउनु भएको छ । विधुत प्रसारणको समुद्घाटन गर्न आउनु भएका पौडेलले समुद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले विधुतिकरण भएसंगै स्थानियलाई रोजगारका अवसर सृजना गर्नमा बिधुतीकरणले सहयोग गर्नेमा आफु विस्वस्त रहेको बताउनु भएको थियो ।

फरक पूसंगमा पौडेलले सबैदलहरुको सपना विकास निमार्णतर्फ केन्द्रित भयो भने समृद्ध नेपाल बन्न सक्ने बताउदै जनताको सुख र दुःखमा साथ दिने गरी सबैले काम गर्नु पर्ने धारण ब्यक्र गर्नु भयो ।

बर्दघाट नगरपालिका वडा नंम्वर –२ का वडाध्यक्ष गणेशबहादुर क्षेत्रीको अध्यक्षता र नेपाल विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले पर्यटन विकासका रुपमा विकास गर्न पहाडी क्षेत्रलाई अब बिजुली बत्तिको सेवाले थप टेवा पुग्ने विश्वास ब्यक्तगर्नु भएको थियो । आफुले नगरका सबैक्षेत्रमा बिजुलीको पहुँच पु्र्याउने प्रतिवद्धता जाहेर गरे पनि आफुसँग कुनै सम्भावना नभएको बेला भगवानस्वरुप रामेश्वर प्रसाद पौडेल आएर आफ्नो योजना पुरा गर्न सहयोग गरेको नगर प्रमुख श्रेष्ठले बताउनु भएको थियो ।

बर्दघाट वडा नं. २ का वडा सदस्य दानबहादुर दर्लामीको स्वागत र नगरकार्यपालिका सदस्य प्रेम भुजेलको सञ्चालन रहेको कार्यक्रममा निर्वतमान वडा सदस्य प्रेम सोमई,नेपाल विधुत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झा,चिसापानी अस्पतालका गुणस्तर विभाग संयोजक यमबहादु थापा,पटुके टोल विकास संस्थाका अध्यक्ष मान बहादुर सोती,तिल्केनी संसारकोट टोल विकास संस्थाा अध्यक्ष पदम बहादुर खाम्चा लगाएतको उपस्थिी रहेको थियो ।

Leave A Reply

Your email address will not be published.