Jilla Ban Notis

राष्ट्रिय मा.बि.माकर बेतहानीको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

0 99

 

कृष्ण ढकाल
बर्दघाट,फागुन–१४
राष्ट्रिय मा.बि. माकर बेतहानी बर्दघाट–७,जिमिरेभारको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । बिधालय ब्यवस्थापन समितिका अध्यक्ष भिखु थारुको अध्यक्षता र नेपाल प्रहरी श्रीमति संघकी अध्यक्ष लक्ष्मी कँवरको प्रमुख आतिथ्यतामा उक्त समारोह सम्पन्न भएको हो ।

वार्षिकोत्सवमा बिद्यालय ब्यवस्थापन समितिका सदस्यसचिव तथा विद्यालयका प्रधानाध्यापक शेषकान्त पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमा विद्यालयको भौतिक तथा आर्थिक पक्ष क्रमश सुधारात्मक भएको र बिद्यार्थीहरुको संख्या समेत उल्लेखनीय रुपमा वृद्धिहुदै गएको अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो । प्र.अ. पौडेलले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार सबैपक्षबाट विद्यालय अघि बढेपनि शैक्षिक गुणस्तरको पाटोमा भने अझै धेरैकाम गर्न बाँकी रहेको ईङ्कित गर्नु भएको थियो ।

प्रतिवेदनमा आगामि शैक्षिकशत्र २०८१ मा सम्पूर्ण ध्यान विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका निम्ती हस्तक्षेपकारी रणनितका साथ अघिबढ्ने प्रस्तावना सहितको योजना पेश गर्नु भएको थियो । प्रस्तावित योजनामा,प्रविधिमैत्री कक्षा,गृहकार्य डायरी,योग तथा मेडिटेशन कक्षा,हरेक कक्ष्ाँमा बुक कर्नर लगाएतका योजनाहरु समावेस गरीएका थिए ।

त्यसैगरी विद्यालयको वार्षिक आय–ब्यय तर्फ १ करोड ८० लाख ४४ हजार ९ सय १९ रुपैया ५९ पैसा बराबरको रहेको प्रतिवेदन ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा प्र.अ.पौडेलले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय,वडाध्यक्ष सन्तु गाहा,ध्रुब थारु,रोहित थारु,दामोदर जि.सी.  लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बर्दघाट जेसिजका अध्यक्ष युबराज चापागाइले सामुदायिक बिद्यालयलाइ साच्चै सिकाइको केन्द्र बनाउछौ भन्ने उध्घोस गर्नु भयो जसकालागि अभिभावकले साथ दिनुपर्ने भनाइ थियाे ।
कार्यक्रममा असल अभिभावक सम्मान ,असल शिक्षक सम्मान तथा चन्दादतालाइ सम्मान गरिएको थियो।बर्दघाट नगरपलिका र डेनिस सरकारको सययोगमा बर्दघाट नगरपालिकाका ८ वटा बिद्यालयमा गुणस्तरीय शिक्षा सम्बन्धि कार्यक्रम सन्चालन गर्न लगेको छ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमति संघले विद्यालयका २ सय १० जना बिद्यार्थीहरुलाई शैक्ष्ँिक सामाग्रीहरु वितरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.