Jilla Ban Notis

दुधको बजार र मुल्य नपाएपछि किसानले सडकमा दुध पोखे

0 50

कृष्ण ढकाल
बर्दघाट,फागुन–११
आफुले उत्पादन गरेको दुघले बजार नपाएको भन्दै बर्दघाट नगरका किसानहरुले सडकमा दूध पोखेर सरकारको बिरोध गरेका छन ।

किसानले उत्पादन गरेको दूधको बजार नहुने र उचित मूल्य नपाउने भएपछि अफुहरु पशुपालन पेशा वाट नै ऋण सहित विस्थापित हुने पर्ने अवस्था सरकारले सृजना गरेको भन्दै आफुहरु बाध्य भएर सडकमै दूध पोखेर बिरोध जनाएको किसानहरुको गुनासो गरे छन् । दूध बिक्री नभएपछि दूध सडकमा पोख्नु पर्ने बाध्यता आएको बर्दघाट १० का किसान रुद्रबहादुर कार्कीले बताउनु भयो ।

सरकारले किसानका वारेमा कुनै पनि चासो नदिएको कारण किसानहरु बिचल्लीमा परेको बताउदै अब किसानलाई गाइ भैैसी बेचेर बिदेश जाने बध्यता सरकारले सृजना गरेको उनीहरुको भनाई रहेको थियो ।

आफुहरुले उत्पादन गरेको दुधको बजारीकरण र उचित मुल्य नपाएका किसानहरुले संघर्ष समिति बनाएका छन् । संघर्ष समितिका अध्यक्ष देबिलाल काफ्लेले सरकार नेपाली किसानको समस्यामा गम्भीर नभएको तर भारतबाट करिब डेडखर्ब रुपैयाँको दुग्धजन्य पदार्थ किनेको बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.