Jilla Ban Notis

परासीमाऔद्योगिक व्यापार मेला फाल्गुन १६ देखि हुने

0 29

फाल्गुन ,९
पश्चिम नवलपरासीमा नवलपरासी औद्योगिक व्यापार मेला फाल्गुन १६ देखि ३० गते सम्म सञ्चालन हुने भएको छ । नवलपरासी उद्योग बाणिज्य संघले आयोजना गर्ने लागेको छैठौं नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी तिव्र भइरहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ परासी स्थीत बाईपास राेड निजकैमा हुने व्यापार मेलामा कृषि, पर्यटन र उद्योग क्षेत्रको पर्वद्धन गर्दे यस क्षेत्रको व्यापार प्रर्वद्धन गर्ने मुख्य उदेश्य रहेको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताउनुभयो । पुरातात्विक तथा ऐतिहासिक धार्मिक स्थल रामग्राम स्तुप, पण्डितपुर लगायत विभिन्न स्थलको स्थलहरुको थप प्रर्वद्धन गर्न पनि मेला सहयोगि हुने विश्वास लिईएको छ ।

मेलामा सूचना प्रविधिको प्रदर्शनी, सहित यस क्षेत्रको विकास तथा व्यापार प्रर्वद्धनका सवालमा विभिन्न सेमिनार तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको उपाध्यक्ष गिरीराज पाण्डेले जानकारी दिनुभयो । उहाका अनुसार मेलामा बाल उद्यान सहित विभिन्न खानाका परिकार, जातिय पहिचान झल्कनै कला संस्कृतीको प्रर्दशनी र स्थानिय तथा राष्ट्रिय कलारकारको प्रस्तुती रहनेछ । कृषि र ब्यापारसङ्ग सम्बन्धि रहेर मेलामा १ सय ५० स्टल रहने मेलामा करिब ५ करोड कारोबार र दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको पाण्डेले बताउनु भयो ।

नवलपरासीको आर्थिक र समाजिक बिकासमा सकारात्मक भुमिका खेल्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारीले बताउनु भयो । विद्यार्थि तथा समुह बनाई आउनेको हकमा पचास रुपैयाँ र विद्यालय कार्डको आधारमा ७० रूपैयाँमा टिकट उपलब्ध गराईने छ । मेलालाई सबैको गौरवको विषय बनाइ सफल गराउन लाग्नु पर्ने संघका सल्लाहाकार श्यामकुमार बस्यालले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.