Jilla Ban Notis

सुनवलको महायज्ञको आयव्यय सार्वजनिक

0 29

सुनवल,फागुन–५
गत माघ १ गतेदेखि ८ गते सम्म सुनवलमा सम्पन्न योग तथा बहुउपयोगी ध्यान भवन निर्माणार्थ श्रीमद्भागवत भागवत धनधान्यान्चल ज्ञान महायज्ञको आयव्यय सार्वजनिक सुनुवाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छन ।

महायज्ञका संयोजक भिम बहादुर थापा(भरत)को अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा संसद खड्ग बस्नेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रम आर्थिक संयोजक मोहन कार्कीले ४ करोड १७ लाख ७४ हजार तीन सय ४० रुपैयाको आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । उहाले यज्ञ अवधी भर विभिन्न शिर्षकमा ५६ लाख ४ हजार तीन सय ६७ खर्च भएको आम्दानी विवरण प्रस्तुत गर्नु भएको थियो। संयोजक थापाले महायज्ञमा सहयोग गर्ने दाताहरुको रकमको सदुपयोग गरिने बताउदै योग ध्यान निर्माण स्थल सबैको सहजता हुने हिसाबमा छनौट हुने बताउनु भयो।

थापाले जुन संकल्पले महायज्ञ सुरुवात गरिएको थियो कसको व्यक्तिगत स्वार्थ नरहेको र त्यसबाट अझै जिम्मेवारी र चुनौती थपिएको बताउनु भयो। लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत दीर्घकालीन महत्त्व रहेको ध्यान तथा योग भवन निर्माणको अभियान सफल हुनेमा महायज्ञ उदाहरणिय भएको बताए । धर्म र मनोरञ्जन नभई आफू बस्ने जंग निर्माण गर्न लागिएको बताउदै ध्यान केन्द्र निर्माणमा सुनवल बासिको साथमा रहेको प्रतिबद्धता व्यक्त गरे।
सुनवल नगर उपप्रमुख सुर्य प्रसाद दुवेले धर्म र संस्कृत संरक्षण गर्नुपर्ने बताउदै आर्थिक मन्दीको समयमा यति धेरै आर्थिक सहयोग जुट्ने सामान्य नरहेको बताउदै सुनवल बासिको सफलता भएको बताए । नगरपालिकाले गर्नुपर्ने काम स्थानीयको पहल हुन लागेको भन्दै यो अभियानलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

संकल्पकर्ता बालब्यास श्रवण न्यौपानेले महायज्ञ संचालनमा जस्तैः योग भवन निर्माणमा पनि उत्तिकै सहयोग रहने बताए । कार्यक्रममा सुनवल नगरभित्रका रहेका १३ वडामा रहेका सबैभन्दा जेष्ठ १/१ जना महिला पुरुष नागरिकलाई सम्मान गरिएको थियो।
कार्यक्रम सुनवल प्रेस क्लबको समन्वयमा संचालित सार्वजनिक सुनुवाइ कार्यक्रममा सल्लाहकार,मुलसमिति संयोजक ,सहसयोंगक विभिन्न राजनीति दलका प्रमुख एवं प्रतिनिधि र स्थानीयको उपस्तिथि रहेको थियो।

Leave A Reply

Your email address will not be published.