Jilla Ban Notis

हजुर बुवा र नाति एकै ठाउँमा मृत अवस्थामा फेला

0 58

सुस्ता,फागुन –१

नवलपरासीकाे सुस्तामा दुइ जान मृत्य पफेला परेका छन । हजुर बुवा र नाति एकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन । सुस्ता गाउँपालिका वडा नम्बर ३ मर्चहवा बस्ने ६५ बर्षका यक्षलाल चमार र निजको ११ बर्षकाे नाति  गौचरण चमार आफू बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेका हुन ।

नारायणी नदिको ५ नम्बर ठोकर देखि ५ सय मिटरको दुरिमा बिगत ४/५ बर्षदेखी उनिहरु कच्ची छाप्रोमा बसोबास गरी खेतिपाती गर्दै आईरहेका थिए ।

छोरा बुहारी दुई नाति र एक नातिनी रहेको मा मृतक नातिलाई हजुरबुवा सगै छोडेर बुहारी एक डेड महिना देखि आफ्नो माईती भारत गएको बताईएको छ । मृतक यक्षलालका छोरा रोजगारीको शिलशिलामा गएपछि बुहारी माईत गएकी थिईन । आज बिहान करिब ६ बजेको समयमा स्थानियले नाति र हजुरबुवा दुबैलाई मृतअवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

घटना स्थलमा प्रहरीले तालिमप्राप्त कुकुर समेत परिचालन गरि अनुसन्धान भैरहेको सुचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।घटना शङ्कास्पद देखिएको प्रहरीको भनाई छ ।

Leave A Reply

Your email address will not be published.