Jilla Ban Notis

पालडाँडा कप २०८० काे खर्च विवरण सार्वजनिक

0 25

 कृष्ण ढकाल
बर्दघाट,माघ-२८
बर्दघाट नगर खेलकुद विकास समितिका संयाेजक दिपक थापाले आफ्नो गाउँमा रहेकाे सगरमाथा सामुदायिक बिकास प्रतिष्ठानले सञ्चालन गरेको पालडाँडा कप २०८० को आयब्य पार्दशीरुपका एक हप्तामै पत्रकार सम्मेलन गरि हिसाब सार्वजनिक गराए छन ।
बर्दघाट नगरपालिका वडा नम्बर ५ पाल्डाडामा गत माघ २२ गते सम्पन्न भएको पालडाडा कपमा खेल खर्च कटाएर १ लाख ४९ हजार रुपैया बचत गर्न सफल भएकाे पत्रकार सम्मेलनमा प्रतियोगिता आयाेजक संस्थाकम सल्लाहकार दिपक थापाले जानकारी गराउथिन भएकाे छ।
प्रतियोगिता सञ्चालनका लागि बर्दघाट नगरपालिकाबाट २ लाख ५० हजार, स्थानीयहरुले सहयोगबाट  ७ लाख ३७ हजार गरि  ९ लाख ८७  हजार ५ सय ७४ रुपैयाँ आम्दानी भएको बताईएकाे छ ।

खेल सञ्चालनका क्रममा पुरस्कारमा २ लाख २५ हजार ५ सय, रेफ्रीका लागी ६४ हजार, अन्य खेलाडीलाई ९० हजार,  अतिथि सत्कार ७५ हजार, रेफ्री आवास ८० हजार, मेडिकल सामाग्री ८ हजार, ट्रफी प्रमाण पत्र १ लाख १० हजार खेल सामाग्री २७ हजार गरी ८ लाख ३८ हजार ५ सय रुपैया खर्च  भएको आर्थिक संयोजक हरी कंडेलले जानकारी दिनु भयाे ।

खर्च विवरण सार्वजनिक कार्यक्रम वडाध्यक्ष बिमला गुरुङ,संयाेजक कुल बहादुर गुरुङ,सस्थाका संरक्षक मानबहादुर थापा,सल्लाहाकार उत्तमध्वज के.सी. लगायतकाे उपस्थितिमा गरिएकाे थियाे ।

Leave A Reply

Your email address will not be published.