Jilla Ban Notis

नवलपरासी महिला प्रेस क्लब गठन

0 46

बर्दघाट,माघ -६
पश्चिम नवलपरासीमा पत्रकारीतामा कृयाशिल महिलाहरुको भेलाले नवलपरासी महिला प्रेस क्लब गठन गरेको छ । शुक्रबारको भेलाले नवलपरासी खबरमा कार्यरत कल्पना खरेलको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा मिना केसी (पाल्हीनन्दन), सचिवमा डोल्मा चौधरी (सरावल), कोषाध्यक्षमा सितमति हरिजन (सुस्ता) तथा सदस्यमा आरती राना (बर्दघाट), मञ्जु यादव (सुनवल) र शाेभा यादव (रामग्राम) चयन हुनुभएको छ ।

जिल्लामा महिला पत्रकारको संख्या कमी रहेको र भएका महिला पत्रकारको पनि क्षमता अभिवृद्धि, पत्रकारितामा पहुँच बृद्धि एवं उनीहरुको हकहितको पक्षमा आवाज उठाईदिने निकायको कमी महशुस भएकोले सातै स्थानीय तहका महिला पत्रकारलाई संगठित गरिएको अध्यक्ष खरेलले बताउनुभयो । महिला प्रेस क्लवले महिला सञ्चारकर्मीको पक्षमा काम गर्दै महिलाका मुद्धालाई प्राथमिकताका साथ मिडिया मार्फत उठान गर्ने उहाँले बताउनुभयो ।

भेलालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले पत्रकारिता क्षेत्रमा पहुँच विस्तार गर्न महिला पत्रकारको सक्रियता बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारिता पेशालाई निरन्तरता दिन चुनौती रहे महिला पत्रकारको पक्षमा बुलन्द आवाज उठाउन क्लवलाई आग्रह गर्नुभयो । परासी प्रेस क्लवका अध्यक्ष बेचु गौडले पत्रकारिता क्षेत्र चुनौतीपूर्ण पेशा भएको र महिला पत्रकारलाई थप चुनौती रहेकोले चुनौतीका बीच पनि अवसरको रुपमा लिएर सक्रियता र क्षमता बढाउँदै अघि बढ्न जोड दिनुभयो।

Leave A Reply

Your email address will not be published.