Jilla Ban Notis

हरेक घरमा रोजगारी सृजना गर्ने लुम्बिनी प्रदेश सरकारको लक्ष्य हो ः प्रमुख मन्त्री चौधरी

0 50

कृष्ण ढकाल
बर्दघाट ,पुष २१
हरेक घरमा रोजगारी सृजना गर्ने लक्ष्यका साथ लुम्बनी प्रदेश सरकार अघि बढेको लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले बताउनु भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट ९ पञ्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र माबिको स्वर्ण जयन्ती समारोहको समापन कार्यक्रमलाई सम्बोधनगर्दै प्रमुख मुख्य मन्त्री चौधरीले उक्त कुरा बताउनु भएको हो ।
हरेक महिला र युवाहरुलाई कसरी मासिक ३० देखि ४० हजार रुपैया कमाउन सक्ने बनाउने भन्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनु भएको छ ।
महिला,युवा र गरीव जनताहरु सम्म पुगेर विकास नगर्दा सम्म संघियताको कुनै अर्थ नरहने उहांको भनाई रहेको थियो ।
मुख्य मन्त्री चौधरीले संघियतालाई मानिसहरुले गलत ब्यख्या गरेको बताउदै सबै भाषा धर्म,जात जाती ,संस्कृती र समुदायका मानिसहरुलाई एक स्थानमा ल्याउन संधियताले सहयोग गरेको बताउनु भएको थियो ।
जहिले पनि विकास भनेको प्रतिष्प्रर्धामा हुने भएकाले अहिले समकक्षीय प्रदेशप्रमुखहरु आ आफ्नो प्रदेशको विकासका लागि प्रतिस्प्रर्धामा अघि बढेको समेत बताउनु भएके छ ।
राजा महात्मा पूर्णभद्र माबि स्वर्ण जयन्ती मुल समारोह समितिका संयोजक बिक्रम खनालको अध्यक्ष्ँतामा भएको समापन कार्यक्रममा,लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठक,बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ लगाएतको उपस्थिती रहेकोे थियो ।
पौष १५ गते देखि शुरु भएको स्वर्ण जयन्ती महोत्सबमा बिभिन्न कार्यक्रम तथा प्रतियोगिता सहित सम्मानका कार्यक्रमहरु मावेस गरीएका थिए ।

Leave A Reply

Your email address will not be published.