Jilla Ban Notis

रेडियो सुनवलको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

0 21

सुनवल,पौष १४
पाल्ही सूचना तथा सञ्चार सहकारी संस्था लि सुनवल १ नवलपरासी द्वारा संचालित सामुदायिक रेडियो सुनवल ९०.७ मे. ह. को १२ औँ वार्षिक साधारण सभा आज शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अर्जुनकुमार पोखरेलको अध्यक्षता तथा जिल्ला सहकारी सघं नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमूख अतिथि पौडेलले विभिन्न लक्ष्य सहित १२ वर्ष अघि सहकारी मार्फत दर्ता गराएको रेडियोका अझै पनि केही लक्ष्य पुरा गर्न वाकिँ रहेको बताउनुभयो । रेडियोको सँस्थापक अध्यक्ष समेत रहनुभएका पौडेलले रेडियो सहित, टेलिभिजन,पत्रपत्रिका सञ्चालन तथा युवा रोजगारी वृद्धि संगै समाज सचेत गराउने उदेश्य सहित विनीयम बनाइएको स्मरण गर्नुभयो ।

कार्यक्रममा रेडियोका सल्लाहकार तथा वडा अध्यक्ष मान बहादुर थापा, घरेलु तथा साना उद्योग महासंघका प्रदेश उपाध्यक्ष उमानाथ पोखरेल, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने लगायतले रेडियोलाई अगाडि बढाउन शेयर सदस्य सवैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो । सत्य तथ्य समाचार तथा प्रशारण सामाग्री प्रसारण गरी समाज परिवर्तनमा रेडियो क्रियाशील हुनु पर्नेमा उहाको जोड थियो ।

सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले कोभिडसंगै थलिएको व्यवसायिक क्षेत्रमा हाल आर्थिक मन्दीले नकारात्मक असर परेको भन्दै र त्यसले रेडियोलाई पनि असर पारेको बताउनुभयो । उहाले सरकारबाट प्राप्त हुने सूचना तथा सञ्चार क्षेत्रको वजेट कटौति हुदा व्यवसायीक विज्ञापनको स्रोतबाट मात्र रेडियो सन्चालन गर्न धौ धौ परिरहेको अवस्था रहेकाले शेयर सदस्यहरुले संस्थाको व्यवस्थापन तथा गतिशिलताका लागि पहल गर्न आग्रह गर्नुभयो ।

यस्तै लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयोजक मुक्तिराम भण्डारीले आव २०७९/०८० मा रेडियोले रु १७ लाख १८ हजार ८ सय १५ कुल आय गरी रु. १६ लाख २५ हजार ४ सय ७७ खर्च भई रु ९३ हजार ३ सय ३८ कुल नाफा देखीन आएकोमा उपकरणहरुको ह्रासकट्टी रकम रु. ९५ हजार ५ सय २४ कट्टी गरी घटाउद रु २ हजार १ सय ८६ शुद्ध नोक्सान भएको जानकारी गराउनुभयो ।

यसैगरी सभामा सचिव ईश्वरी भण्डारीले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा पेश भएका तिन वटै प्रतिवेदन पारीत भएको छ ।

उपाध्यक्ष हरी प्रसाद न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव इश्वरी भण्डारीले गर्नुभएको थियो ।

२०६८ साल साउन ३० देखी प्रकृया सुरु गरी २०७० आषाढ १० गतेबाट प्रशारण सुरु गरेको यस सामुदायिक रेडियो सुनवल ९०.७ मे.हको कुल शेयर पुजिँ ३६ लाख ६७ हजार ५ सय रुपैया छ भने १२५ जना शेयर सदस्य आवद्ध रहेका छन् ।

Leave A Reply

Your email address will not be published.