Bardaghat notish

‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा राज अधिकारीले खिचेको फोटो दोस्रो

289

बर्दघाट,पौष–४
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालका राज अधिकारीले खिचेको फोटो दोस्रो भएको छ । बर्दघाट–४ बर्दघाट निवासी शिक्षक थम अधिकारीका छोरा फोटोग्राफर राज अधिकारीले स्याङ्जादेखि पोखरा आउने क्रममा पुम्धिभुम्धिकी विष्णु माया बरालले कोदो काट्दै गरेको फोटो खिचेर प्रतियोगितामा सहभागी भएका थिए ।

सांस्कृतिक र पौष्टिक महत्वका साथ कोदो नेपाली घरपरिवार, विशेष गरी ग्रामीण क्षेत्रको अभिन्न अङ्ग बनेको र कोदोको संरक्षणमा नेपालका ग्रामीण महिलाहरूको ठूलो भूमिका रहेको फोटोग्राफर अधिकारीले क्याप्सन दिएका छन् । विश्वका ५८ देशबाट पठाइएका झण्डै ८०० तस्वीरहरूमध्ये नेपालमा कोदो संरक्षणमा महिलाको भूमिकासम्बन्धी तस्वीर दोस्रो भएको हो ।

फोटोग्राफर अधिकारी विगत पाँच वर्षदेखि प्रकृति तथा संस्कृति संरक्षण गर्ने अभिप्रायले फोटोग्राफी क्षेत्रमा लागिरहेका छन् । उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ग्रामीण समाजशास्त्र विषयमा कृषि स्नातकोत्तर अध्ययनरत विद्यार्थी पनि हुन् ।

यो प्रतियोगितामा प्रथम अफ्रिकी फोटोग्राफर जोनाथन रिजले खिचेको तस्वीर भएको छ।