Jilla Ban Notis

८९ बर्षीय दीर्घबहादुर थापाको श्रुति लोक सङ्ग्रह कृति बिमोचन 

0 75

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२८
बर्दघाट–२ चिसापानी निवासी दीर्घबहादुर थापाको श्रुति लोक सङ्ग्रह कृतिको बिमोचन भएको छ । बुधवार बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।

८९ बर्षीय जेष्ठ नागरीक थापाका रचनाहरुलाई संगालेर कृतिका रुपमा प्रकाशन गर्ने काममा बर्दघाट नगरपालिकाले गरेको थियो । ८९ बर्षको उमेरमा आफ्ना रचनाहरलाई बर्दघाट नगरपालिकाले कृतिका रुपमा प्रकाशन गरीसिदएपछि थापा निक्कै हर्षित हुनु भएको छ ।

स्याङ्जाको पैयूं,चितौरेमा जन्मनुभएका थापाका रचनाहरुको कृति सम्पादन प्राज्ञ हुमनाथ आचार्यले गर्नु भएको थियो । लोक गीत लेख्ने र सुन्ने रुची राख्नु हुने दीर्घबहादुर थापाको श्रुति लोक सङ्ग्रहमा १४ वटा बिभिन्न प्रकारका लोक गितहरु समावेस भएका छन ।

४० पृष्ठ रहेको उक्त कृतिमा भौतीक,सामाजिक,धार्मीक,बेदेशीक रोजगार,दर्शन, कला,सचेतना ,मनोरञ्जन लगाएतका बिषयलाई समेटेर लोकगीतहरु लेखीएका छन । नेपालको पहाडी परिवेषलाई समेटेर त्यहाँको संस्कृतिको उजागर हुनेगरी गाउँले पाराको सामुहिकता र त्यसको प्रभावकारीताको सन्देश दिने गरी कृतिको अवरण बनाईएको छ भने कृर्तिको पछाडी कृर्तिका सर्जक थापाको परिचय खुलाईएको छ ।

Leave A Reply

Your email address will not be published.