Jilla Ban Notis

मंसिर २१ देखी पुस ४ सम्म सुनवल महोत्सव संचालन हुने ।

0 40

कृष्ण ढकाल
बर्दघाट,मंसिर १
कृषि,उद्योग,ब्यापार,कला र संस्कृति ः समग्र सुनवलको उन्नती भन्ने मुलनाराका साथ उद्योग बाणिज्य संघ सुनवलले यहि मंसिर २१ देखी पुस ४ गते सम्म तेश्रो सुनवल महोत्सव संचालन गर्ने तयारी गरेको छ ।
स्थानियकुटीर उद्योगहरुले उत्पादन गरेका वस्तुहरु देखि माझौला तथा ठुला उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरण र उपभोक्ताहरुको सहजताका लागि मेला आयोजना गरीएको आयोजक संस्थाले आज सुनवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता र सचिब तुलसीराम तिवारीको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष रमेश कर्मचार्यले मेला अबधीभर १ लाख दर्शकले अवलोकन गर्ने र करिव १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो ।

मेला अवलोकलनका लागी एक सय रुपैयाँ टिकट शुल्क तोकिए पनि बिद्यार्थीहरुका लागि भने ७० रुपैया कायमगरीएको र संस्थागत रुपमा सामुहिक आउने दर्शकका लागी ५० प्रतिशत छुटको व्यवस्था गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।

महोत्सवमा विभिन्न घरेलु तथा स्थानिय कृषिजन्य उपज तथा समाग्रिको प्रर्दशनी तथा विक्रि वितरण, बाल उद्यान, विद्यालय स्तरीय डान्स आईडल, स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती सहित सांस्कृतीक कार्यक्रम, विज्ञान प्रर्दशनी र खाना महोत्सव रहेको संघका अध्यक्ष कर्माचार्यले जानकारी गराउनु भएको थियो ।

महल पोखरीको झल्को दिनेगरी मुलगेट बनाउने र २ सय स्टल रहने गरी तयारी गरीएको मेलालाई सफल बनाउन सबै क्षेत्रको आवश्यकता रहेको आयोजक संस्था उद्योग बाणिज्य संघ सुनवलका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले बताउनुभयो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष हरि शर्माले मेला सफल पार्न सुनवल आसपासका स्थानियवासीहरुको नै महत्वपूर्ण भुमीका रहने बताउदै स्थानिय उत्पादनलाई मेलाले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । अध्यक्ष शर्माले जिल्लाका सञ्चार माध्यामहरुकोसंग भरीपूर्ण सहयोग लिएर मेला सफल बनाउन सबै लाग्नु पर्ने धारणा ब्यक्तगर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.