Jilla Ban Notis

समाचार प्रभाव ः सबै विद्यार्थीलाई पुग्नेगरी पुस्तक वितरण भयो

0 61

कृष्ण ढकाल
बर्दघाट, भदौ –१७
बर्दघाट नगरपालिका वडा नम्बर ४ बाढिपिडितमा रहेको नवजीवन माध्यामिक विद्यालयका सबै विद्यार्थीलाई पुग्नेगरी आज पुस्तक वितरण भएको छ । शैक्षिक सत्र सुरु भएको ५ महिना हुँदा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छैनन् तर नवजीबन मावीमा पुस्तक खरिदका लागि २ लाख १२ हजार ७ सय ५६ रुपैँया नगरपालिकाले पहिले नै निकासा गरिसकेको छ भनेर समाचार प्रकासन तथा प्रसारण भएपछि अहिले बल्ल बिद्यार्थीहरुले पुस्तक पाएका छन ।

कक्षा १ देखी ३ सम्मको गणित, कक्षा ४ र ५ को गणित, विज्ञान र स्वास्थ्यको ट्रान्सलेट पुस्तक विद्यार्थीले पाउन सकेका थिएनन् । बाँकी रहेका पाठ्यपुस्तकहरु उपलब्ध भएपछि आज विद्यार्थीहरुलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कमल प्रसाद अर्यालले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.