Jilla Ban Notis

निस्पक्ष भएर छानविन गरे धेरैजसो नेताहरु जेलमा हुन्छन ः पूर्व उपप्रद्यान तथा गृहमन्त्री लामिछाने

0 36

कृष्ण ढकाल
बर्दघाट,श्रावण–२७
ललीता निवास काण्ड,सुन काण्ड र नक्कली भुटानी सरणार्थी काण्डको निस्पक्ष र निडर भएर छानविन गरे नेपालका धेरैजसो नेताहरु जेल जाने पूर्व उपप्रद्यान तथा गृहमन्त्री रवि लामिछानेले बताउनु भएको छ ।

पश्चिम नवलपरासीको बर्दघाटमा आज आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेले उक्त कुरा बताउनु भएको हो ।

आफुले सरकारमा रहेर काम गरेका बेलाको अनुभव कै आधारमा भन्दा निस्पक्ष र निडर भएर सरकारले छानविन गरे नेपालका सबै दलका नेताहरु औलामा गन्नसकिने मात्र बाहिर रहने र बांकी सबै जेल भित्र रहने ठोकुवा गर्नु भएको थियो ।

सुनकाण्डका बारेमा कुरा उठ्नथालेपछि एका एक नेता विदेशीन थालेको पूर्व गृहमन्त्री लामिछानेले बताउनु भएको थियो ।


रास्वपाका सभापति समेत रहनु भएका लामिछानले नेपालको सन्दर्भमा प्रदेश संरचना भनेको दलका नेता कार्यकर्ता थन्काउने स्थानका रुपमा रहेको बताउनु भएको थियो । प्रदेश सरकार बनाएर राज्यलाई भार पार्ने र दलका नेता कार्यकर्ता पोषने कार्य भएको लामिछानेको टिप्पणी रहेको थियो ।

त्यसैगरी महिलाहरुले यात्रा गर्दा भोग्नु परेको समस्यालाई देखेर ब्लु बस संचालनमा ल्याएको लामिछानेने बताउनु भयो उहाँले शुरुमा काम गर्ने शिलसिलामा प्रक्रिया नपुगेको बताउदै त्यसलाई प्रक्रिया मिलाएर विस्तारै देशैभरी संचालनमा ल्याउने पार्टीको योजना रहेको बताउनु भएको थियो ।

त्यस्तै जेष्ठ नागरीकहरुका लागि घर घरमा उपचार गर्ने मोवाईल क्लिनीक को सुबिद्या लगाएतका जनमुखि काम गर्ने सवालमा आफुहरुलाई समस्यामा बल्झाउनेहरुको कमी नरहेको बताउदै त्यसलाई चिरदै आफ्नो पार्टी अघि बढ्ने लामिछानेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.