Jilla Ban Notis

लायन्स क्लव अफ नवलपरासी दाउन्नेद्धारा अभिभावकत्व ग्रहण ।

0 112

कृष्ण ढकाल

बर्दघाट,श्रावण–२७

लायन्स क्लव अफ नवलपरासी दाउन्नेले दुई बिद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । ज्ञानोदय प्राथमिक विद्यालय बर्दघाट–२,करमैयामा कक्षा ३ मा अध्ययनरत बिमल बस्याल र कक्षा ५ मा अध्ययनरत  विमला बस्याललाई सरकारी वा सार्वजनिक विद्यालयको कक्षा १२ सम्म अध्ययनगर्दा लाग्ने शैक्षिक समाग्री लगायत अन्य सहयोग गर्ने गरि दुई बिद्यार्थीको अभिभावकत्व ग्रहण गरेको लायन्स क्लव अफ नवलपरासी दाउन्नेका अध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी गराउनु भएको छ ।

डिस्ट्रिक ३२५ पि नेपाल अन्तर्गत रहेको लायन्स क्लव अफ नवलपरासी दाउन्नेले लायन्स शिक्षा कोष खडा गरेर आर्थिकरुपमा कमजोर , अपाङ्ग , अनाथ र पिछडिएका वर्गवाट बिद्यार्थी छनौट गरी उनीहरुको अभिभावकत्व ग्रहण गर्नेकार्यको शुरुवाद गरेको  कार्यक्रम संयोजक तथा क्लवका कोषाध्यक्ष  विष्णुबहादुर बस्नेतले जानकारी गराउनु भएको छ ।

श्रावण २६ गते क्लबले बर्दघाट–३ करमैयामा रहेको ज्ञानोदय प्राथमिक विद्यालयमा पुगेर एक कार्यक्रममा विच शिक्षाको लागि अभिभावकत्व कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रममा क्लवको तर्फबाट क्लवका अध्यक्ष रमेश कुमार श्रेष्ठ र स्कूलको तर्फबाट प्रधानध्यापक  तारा बहादुर कुँवरले बिद्यार्थीको अभिभावकत्व ग्रहणको समझादरी पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

कार्यक्रममा  क्लवले झोला , कपी , जुत्ता , पोशाक लगायन अन्य शैशिक सामाग्री समेत प्रदान गरेको थियो । क्लबका अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षता र क्लवका संस्थापक अध्यक्ष धिरज शर्मा बस्यालको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा बर्दघाट वडा नं–३ वडा अध्यक्ष प्रकाश चन्द्र अधिकारी , विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शंकर प्रसाद श्रेष्ठ,ए.ओ.जि.  युवराज डुम्रे , जोन चेयर पर्सन तिलक खनाल , निर्तमान अध्यक्ष्ँ मनोज सुवेदी लागएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन  क्लवका सचिव अर्जुन पौडेल गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.