Sarawal sit lahar Notis

कलस्टरको भेला पृथ्वीवस्तिमा सम्पन्न,पार्टिका पुराना कर्यकर्ताहरुलाई खासै महत्व नराखेको गुनासो

0 105

पप्पु रेग्मी

बर्दघाट,श्रावण -१४
नेकपा एमाले जेष्ठ नागरिक तथा अगुवा कार्यकर्ताहरुको दाउन्ने कलस्टरको भेला वडा नम्वर १५ को पृथ्वीबस्तीमा सम्पन्न भएको छ । शनिवार गरिएको सो भेलामा नेकपा एमाले पार्टीको अवधारणा बारे जेष्ठ नागरिक तथा विभिन्न पदहरुमा रहेका अगुवा कार्यकर्ताहरुलाई पार्टि भित्रको वर्तमान नेतृत्व वर्गले पार्टिको पुराना ( जेष्ठ नागरिक ) कार्यकर्ताहरुलाई खासै महत्व नराखेको गुनासो गरेका थिए ।
सो भेलामा बोल्ने सहभागि कार्यकर्ताहरुले पार्टिलाई अझ मजबुत र सक्षम बनाउनकालागि नियमित सभा, गोष्ठि गरि कार्यकर्ताहरुको सामाजिक तथा विविध समस्याहरु पनि सुल्झाउनु पर्नेमा जोड दिएका थिए ।

भेलाले जेष्ठ तथा अगुवा कार्यकर्ताहरुको मागलाई कार्यान्वयन गर्नकोलागि सक्रिय बनाई परिचालन गर्ने निर्णय गर्दै, बर्तमान गाउँ कमिटि हुदै जिल्ला कमिटिलाई समेत जानकारी गराउने र जिल्लाको अन्य नगर तथा गाउँ कमिटिहरुको वडामा समेत विस्तार गर्ने निर्णय गरेकोे दाउन्नेदेवी गाविसका नेकपा एमालेका पूर्व अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।
८२ वर्षिया जेष्ठ नगरिक यम बहादुर राउतको अध्यक्ष्यता रहेको भेलाको स्वागत तुलाराम गुरुङले गर्नु भएको थियो भने सञ्चालन मधुसुधन अर्यालको रहेको थियो ।

Leave A Reply

Your email address will not be published.