Jilla Ban Notis

चित्रकला प्रतियोगिता सम्पन्न ।

0 34

जीवन न्यौपाने
बर्दघाट साउन,४
दिब्य शान्ति युवा क्लब बर्दघाट-४,काे आयोजनामा बालबालिकाहरुका विच चित्रकला प्रतियोगिता सम्पन्न भयकाे छ ।
दिब्य शान्ति युवा क्लबले सन्चालन तथा संरक्षण गर्दै आएको दिब्य शान्ति इको पार्कमा १२ बर्ष सम्मका बालबालिक हरुका विच “बाताबरण संरक्षण तथा सरसफाइ सम्बन्धि” चित्रकला प्रतियाेगिता गिरएकाे थियाे ।
यस आर्थिक बर्षको पहिलो कार्यक्रमका रुपमा आयाेजना गिरएकाे चित्रकला प्रतियोगितामा ५३ जना बालबालिकाहरु को सहभागी रहेको थियो ।
क्लबका अध्यक्ष खेमबहादुर रानाको अध्यक्षता र क्लबका सचिव जीवन न्याैपानेकाे सन्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियो ।
प्रतियोगिता ८ बर्ष सम्म को एउटा समूह र अर्को ८ बर्ष देखि १२ बर्ष सम्म को समुह छुटाएर प्रतियोगिता गरिएको थियो ।
चित्रकला प्रतियोगित मा निर्णायक समितीको जिम्मेवारी क्लबका कोषाध्यक्ष आकाश छन्त्याल र कार्यसमिति सदस्य सरस्वती भट्टराईले निर्वाह गर्नुभएको थियो ।
प्रतियोगितामा पहिलो समूहबाट उत्कृष्ट चित्र कोर्दै प्रथम ७ बर्ष कि स्मृति सुनार हुनु भएको थियो भने दोस्रो हुने मा ८ बर्ष कि निमिशा भुसाल र तेस्रो ६ बर्ष कि इन्सु थापा हुनुभएको थियो ।
त्यसैगरी दोस्रो समूह बाट उत्कृष्ट स्थान हासिल गर्दै प्रथम स्थानमा ११ बर्ष कि लिजा गुरुङ तथा दोस्रो हुने ११ बर्ष का सफल कालिराज र तेस्रो हुने मा ९ बर्ष कि एरिना बन्शी हुनु हुन्थ्यो ।
प्रथम , दोस्रो र तेस्रोहुन्लाइ दुई सय,एक सय र पचास रुपैया कासाथै चित्रकला सामाग्री सेट सहित सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.